
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले विश्वविद्यालय आफ्नो लक्ष्य र उद्देश्यबाट विमुख हुन नहुने बताउनुभएको छ ।
नेपाल प्राध्यापक सङ्घसँग आज भएको कार्यक्रममा नेता महरले सुदूरपश्चिम र राजर्षि जनक विश्वविद्यालयले देशभरका दर्जनौँ क्याम्पसलाई सम्बन्धन दिइरहेकोप्रति इङ्गित गर्दै पहिला विश्वविद्यालय आफैँमा व्यवस्थित हुनुपर्नेमा जोड दिनुभयो ।
‘देशभित्र प्रादेशिक रुपमै विश्वविद्यालय खोल्ने लहर चलेको छ । प्रादेशिकस्तरमा खुलेका विश्वविद्यालयले लक्ष्य र उद्देश्य विमुख भएर सम्बन्धन वितरण गर्ने काम भइरहेको छ । उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी घट्दै गएको अवस्थामा प्रादेशिक तहमा विश्वविद्यालय विस्तार गर्दै जानुको औचित्यमाथि प्रश्न उठेको छ’ उहाँले भन्नुभयो । नेता महरले आफ्नो क्षमता वृद्धि नगरी संरचना मात्र विस्तार गर्ने विषय उपयुक्त नहुने धारणा राख्नुभयो ।
‘राज्यले कति विश्वविद्यालय आवश्यक छन् भन्ने कुरा र विश्वविद्यालयले सम्बन्धनलगायत सवाललाई अगाडि बढाउँदा शिक्षा नीति एवं वर्तमान संविधानको उद्देश्य मनन् गरिनुपर्छ’ नेता महरले भन्नुभयो । लोककल्याणकारी राज्यमा शिक्षा राज्यको दायित्व भएकाले सोही अनुरुप सरोकारवाला अगाडि बढ्नुपर्ने उहाँको भनाइ छ ।
विश्वविद्यालयको उद्देश्य मुलुकका लागि आवश्यक दक्ष जनशक्ति निर्माण गर्नु भएकाले त्यसैमा केन्द्रित हुन उहाँले सुझाव दिनुभएको छ । विद्यमान उच्च शिक्षा प्रणाली राज्यको दायित्वबाट बाहिर जान थालेको र विश्वविद्यालयबाट उत्पादित जनशक्ति विदेशीका लागि उत्पादन गरेजस्तो देखिएको नेता महरको टिप्पणी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश