
बर्दिया । हिन्दू नारीहरुको महानपर्व हरितालिका तीजको अवसर पारेर बर्दियाको बढैयाताल गाउँपालिकामा सामाजिक सचेतना जगाउने उद्देश्यले तीज गीत प्रतिस्पर्धा गराइएको छ । गीतमार्फत प्रजनन स्वास्थ्यका साथै बालविवाह, लागुऔषध र महिलाहिंसा विरुद्ध सचेतनामूलक प्रतिस्पर्धा गराइएको हो ।
समाजमा व्याप्त कुरिति, बेथिति एवं अत्याचारविरुद्ध सचेत पार्ने उद्देश्यले पालिकाको आयोजनामा कार्यक्रम गरिएको छ । सचेतनामूलक तीज गीत प्रतियोगितामा बढैयातालभित्रका ११ वटा महिला समूहको सहभागिता रहेको गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले जानकारी दिनुभयो ।
भारतीय सीमावर्ती क्षेत्रसँग जोडिएको पालिका भएकाले लागुऔषध, मानव बेचबिखन एवम् महिला हिंसाका घटना हुने गरेकाले सचेतनात्मक सांस्कृतिक प्रतियोगिताले समुदायलाई सचेत गराउनुका साथै मौलिक परम्पराको संरक्षणमा मद्दत पुग्ने विश्वास लिइएको उहाँले बताउनुभयो ।
अध्यक्ष त्रिपाठीले भन्नुभयो– कला र संस्कृतिको जगेर्ना गर्दै समाजमा भएका विभिन्न विकृति, विसङ्गति, हानिकारक अभ्यास निर्मूल पार्न प्रतियोगिताले सहयोग पुग्ने विश्वास लिएका छौँ । बालविवाह, दाइजो प्रथा, महिला हिंसा लगायत सामामाजिक कुरीति नियन्त्रण गर्न प्रतियोगिताले सहयोग पुग्नेछ ।’
स्थानीय महिला समूहले बालविवाह, लागुऔषध, महिलाहिंसा तथा प्रजनन स्वास्थ्य अधिकारका बारेमा गीतका माध्यमबाट सचेतना फैलाउने प्रयास गरेका गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीकुमारी अधिकारीले बताउनुभयो । बालविवाहका कारण समाजमा महिला हिंसालगायत थुप्रै घटना हुने भएकाले अभिभावक चनाखो हुनुपर्ने विषय गीतमा प्रस्तुत गरिएका उहाँले जानकारी दिनुभयो ।
विवाह गर्ने सही उमेरका बारेमा ज्ञानको कमी हुँदा महिलाले विभिन्न शारीरिक पीडा भोग्नु परेको, साना बालबालिका लागुऔषधको शिकार हुने गरेकाले यस्ता कुलतबाट बच्न सन्देशमूलक तीज गीत प्रतियोगिता आयोजना गरिएको उहाँले प्रष्ट्याउनुभयो ।
बालविवाह तथा महिला हिंसा, प्रजनन स्वस्थ्य र लागुऔषध दुव्र्यसनी न्यूनीकरणसम्बन्धी सन्देशमूलक गीत मौलिक रुपमा रचना गरी प्रतिस्पर्धामा प्रस्तुति गरिएको थियो । सहभागी ११ समूहमध्ये पतञ्जलि योग महिला समूह प्रथम, सङ्कल्प महिला विकास समूह द्धितीय, सक्रिय बुहारी समूह तृर्तीय र दिदीबहिनी महिला समूहले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
प्रथम हुने समूहलाई १२ हजार पाँच सय, द्धितीयलाई १० हजार, तृतीयलाई आठ हजार र सान्त्वना स्थान प्राप्त गर्ने समूहलाई तीन हजार ७सय ५० रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- विरोधी शक्तिहरू सत्तागठबन्धनमा फाटो ल्याउने प्रयत्नमा छन् : प्रधानमन्त्री
- सुनको गहनामा लगाइएको दुई प्रतिशत विलासी करको विरोधमा प्रदर्शन
- संसदमा पेलेरै अघि बढ्ने सत्तापक्षको तयारी
- भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’
- सप्तकोशीमा बेपत्ता गोताखोरको शव भेटियो
- नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिताविरूद्ध भ्रष्टाचारको मुद्दा दायर
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक