
काठमाडौँ । राज्यको जिम्मेवार निकायमा बसेकाहरु यतिखेर प्रधानमन्त्री केपी शर्मा ओलीको फलोअर कति घट्यो ? काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साह (बालेन) को समर्थक कति बढ्यो ? भन्ने ध्याउन्नमै केन्द्रित छन् ।
काठमाडौँ महानगरका प्रमुख बालेनले केही दिनयता प्रधानमन्त्री ओलीविरुद्ध सामाजिक संजाल फेसबुकमा अनफलो अभियान चलाएका छन् । काठमाडौँ मुलुकको प्रशासनिक र व्यापारिक केन्द्र हो । मुलुक संचालन गर्ने अधिकाँश कार्यालय काठमाडौँमै छ । त्यस्तै काठमाडौ उपत्यकासहित बागमती प्रदेशका विभिन्न जिल्लामा बिक्री बितरण हुने खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तु बाहिरबाट पहिला काठमाडौँ भित्रिएर अन्यत्र जाने गर्छ । किन कि व्यापारीका ठूला गोदाम अधिकाँश काठमाडौँभित्रै छन् ।
केही दिनयता काठमाडौँ उपत्यकामा दाल, चामल र तरकारी लगायतका दैनिक उपभोग्य वस्तुको भाउ अचाक्ली बढेको छ । सरकारले सर्वसाधरण नागरिकलाई नुन चिनीदेखि खाद्यान्न सर्वशुलभ रुपमा उपलब्ध गराउने उदेश्यले स्थापना गरेको नेपाल खाद्य संस्थान र साल्ट ट्रेडिङका बिक्री डिपोमा नै अघिल्लो सातासम्म २३ सय रुपैयाँमा पाइने गरेको २५ किलोको जिरामसिनो चामलको मूल्य अहिले २५ सय ७५ रुपैयाँ पुगेको छ । त्यस्तै अघिल्लो सातासम्म १ सय ३० रुपैयाँ धार्नीमा पाउने गरेको आलु अहिले २ सय रुपैयाँ नाघिसकेको छ । गत साता प्र किलो १ सय १० रुपैयाँमा पाउने गरेको प्याजको मूल्य अहिले १ सय ८० रुपैयाँ भएको छ । चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुको मूल्य ह्वात्तै बढेको छ । राज्यले कालो बजारी नियन्त्रण गर्न नसक्दा भाउ अचाक्ली बढेको हो ।
देशभर दैनिक उपभोग्य वस्तुको माग तथा मौज्दात अवस्था हेर्ने निकाय आपूर्ति मन्त्रालय अन्तरगतको निकायको हो । चाडपर्व नजिकिएसँगै हरेक वस्तुको मूल्य बढ्नुको कारणबारे सरकारले नागरिकलाई यसप्रति कुनै जवाफ दिएको छैन । प्रधानमन्त्री ओलीका सचिवालयमा रहेकाहरुलाई जनताको ढाडै सेक्ने गरी मूल्य बढ्दा यसप्रति खास्सै चासो भएको देखिँदैन । उनीहरु पनि प्रधानमन्त्री ओलीको फेसबुक पेजमा फलोअर किन घट्यो, बालेनको एक्कासी कसरी बढ्यो ? भन्नेमै केन्द्रित छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश