
कास्की । नेपाली मौलिक संस्कृतिको जर्गोना गर्ने उद्देश्यले ३९ वर्षदेखि सञ्चालन हुँदै आएको तीज गीत प्रतियोगिताले यस वर्ष पनि निरन्तरता पाउने भएको छ ।
पोखरा–१० रामबजारस्थित राममन्दिर माछापुच्छे« महिला समूहद्वारा आयोजना गर्न लागिएको हो । रामबजारमा विसं २०४३ देखि तीज गीत प्रतियोगिता आयोजना हुँदै आएको समूहकी अध्यक्ष माया गुरुङ भुजेलले दिनुभयो । भदौ २१ गते आयोजना हुने प्रतियोगितामा पोखरा तथा बाहिरबाट २५ समूहले सहभागिता जनाउने भएका छन् ।
स्थानीय ९२ वर्षीय मनवीर गुरुङले परापूर्व कालदेखि स्थानीय दिदीबहिनीहरुले राममन्दिरको चौरमा गीत गाउँदै आएको र तीज गीतलाई व्यवस्थित गरी प्रतियोगिता सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।
प्रतियोगितामा सहभागीले मौलिक संस्कृति झल्कने गीत गाउनुपर्ने र राजनीतिक र व्यक्तिगत आक्षेप लगाउन नपाइने नियम बनाइएको छ । प्रतियोगितामा पहिलो हुनेलाई २५ हजार, दोस्रो हुनेलाई २० हजार र तेस्रो हुनेले १५ हजार, सान्त्वना हुने समूहलाई ७ हजार रुपैयाँका साथै उत्कृष्ट वेशभूषा र नाचलाई पुरस्कृत गरिने जानकारी दिनुभयो ।
तीज गीत प्रतियोगिता सम्पन्न गर्न ७ साख ३५ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताबाट बचेको रकमले पोखराको रामबजारस्थित कालिका माविका दुई आर्थिक अवस्था कमजोर तथा जेहेन्दार विद्यार्थीलाई स्कुल पोशाक, कापी, किताबका साथै सम्पूर्ण खर्च व्यहोर्ने अध्यक्ष भुजेलले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश