
काठमाडौँ । पछिल्लो २४ घण्टादेखि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सामाजिक संजाल फेसबुकमा अनफलो अभियान चलाइएको छ । हिजो बिहान सम्म ६ लाख ६२ हजार फलोअर रहेका प्रधानमन्त्री ओलीको पेजमा यो समाचार तयार पार्दा सम्म फलोअर घटेर ६ लाख १ हजार पुगेका छन् । अनफलो अभियान चलेको २४ घण्टा बित्न नपाउँदै प्रधानमन्त्री ओलीका फलोअर ६१ हजारले घटेका हुन् ।
काठमाडौँ महानगरका प्रमुख बालेन शाहका समर्थकहरूले प्रधानमन्त्री ओली विरुद्ध अनफलो अभियान चलाइरहेका हुनसक्ने आशंका गरिएको छ । विगत केहि समयदेखि सामाजिक सञ्जालमा बालेन र एमालेबिच द्धन्द्ध देखिएसँगै अनफलो अभियान चलेको स्रोतको दावी छ ।
बालेन शाहको एमाले सांसदविरुद्ध लेखेको एक पोस्ट सरकारले हटाइदिएको आरोप लगाउँदै उनका समर्थकले यस्तो अभियान चलाएका हुन् । आफ्नो पोस्ट फेसबुकबाट गायब भएपछि बालेनले लेख्नुभएको थियो–‘पोस्ट उडाउने हैन, दोषी समाऊ सरकार । म गलत हो भने मलाई समाऊ, हैन भने दोषी समाऊ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश