
काठमाडौँ । सिरियाको हिरासत केन्द्रबाट भागेको आइएसआइएस नेता पक्राउ परेका छन् ।
सिरियाको हिरासत केन्द्रबाट भागेर आतङ्कवादी समूहका सदस्यलाई सहयोग गर्ने आइएसआइएस नेतालाई अमेरिकाले पक्राउ गरेको अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले जनाएको छ ।
सिरियन डेमोक्र्याटिक फोर्सेस )एसडीएफ) सँग काम गर्ने अमेरिकी सेनाले सिरियाको रक्काह हिरासत केन्द्रबाट भागेर आइएसआइएस लडाकूलाई सघाइरहेका नेता खालिद अहमद अल–डान्डालाई पक्राउ गरेको एक आधिकारिक विज्ञप्तिमार्फत जनाकारी गराइएको हो ।
“ सिरियाको २० भन्दा बढी एसडिएफ हिरासत केन्द्रमा ९ हजारभन्दा बढी आइएसआइएस बन्दी हिरासतमा राखिएको छ”, अमेरिकी सेन्टकमका कमान्डर जनरल माइकल एरिक कुरिलाले भन्नुभयो ।
यदि यी आइएसआइएस लडाकुहरू ठूलो सङ्ख्यामा भागे भने यसले क्षेत्र र बाहिरका लागि चरम खतरा निम्त्याउने जनरल कुरिल्लाले बताउनुभएको छ । “हामी यी आइएस लडाकूलाई अन्तिम निर्णयका लागि उनीहरूको देशमा फिर्ता पठाउनका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गरिरहेका छौ”, उहाँले भन्नुभयो ।
यसअघि अगस्ट २९ मा पाँच आइएसआइएस विदेशी लडाकू कैदी (दुई रुसी, दुई अफगान र एक लिबियन) रक्काह कारागारबाट भागेका थिए।
एसडीएफले दुई भागेका इमाम अब्दुलवाहिद अखवान (रूसी) र मुहम्मद नोह मुहम्मदलाई पुनःहिरासतमा लिएको थियो । तीन भागेका तिमोर तालब्रकेन अब्दास (रूसी) र शुआब मुहम्मद अल–अब्दली र अटल खालिद जार ९दुवै अफगान० अझै फरार रहेको अमेरिकी सेन्टकमले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश