
काठमाडौँ । कङ्गोमा जेल तोडेर भाग्ने क्रममा १ सय २९ जनाको मृत्यु भएको छ ।
डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गोको सबैभन्दा ठूलो जेलमा साताव्यापी रुपमा चलेको जेल तोड्ने प्रयासका क्रममा कम्तीमा १ सय २९ जनाको मृत्यु भएको आन्तरिक मन्त्रीले मङ्गलबार बताउनु भएको हो ।
घटनामा मृत्यु भएका मध्य २४ जनाको चेतावनी पछि गोली हानेर मृत्यु भएको बताउदै मन्त्री ज्याक्वेमेन शाबानीले एक भिडियो सन्देश मार्फत घटनाको जनाकारी गराउनुभएको हो । उहाँका अनुसार राजधानी किन्शासाको मकाला जेलमा कम्तीमा ५९ जना घाइते भएका छन् ।
यस घटनामा धेरैलाई कुल्चिएको वा तथा भिडभाडमा प्रभावित भएको र धेरै महिला बलात्कृत भएको मन्त्रालयले जनाएको छ ।
प्रत्यक्षदर्शीहरूले सोमबार जेल परिसरमा लामो समयसम्म गोली चलेको तथा तनावपूर्ण भएको बताएका छन् । एक इलेक्ट्रिशियन दड्डी सोसोले घटना पछि सुरक्षा बलका गाडीले शव लिएर गएको देखेको बताउनुभएको छ ।
सरकारका प्रवक्ता प्याट्रिक मुयायाले राष्ट्रिय टेलिभिजनलाई हाल स्थिति “नियन्त्रणमा“ रहेको बताउनुभएको छ भने अधिकारीहरूले कति कैदी भागे वा भाग्ने प्रयास गरे भन्ने बारे केही उल्लेख गरेका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश