
कैलाली । धनगढीस्थित सेती प्रादेशिक अस्पतालकोे नयाँ भवन निर्माण सम्पन्न नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको छ । सुदूरपश्चिम प्रदेशको ‘रेफरल’ अस्पतालको रुपमा रहेको अस्पतालको निर्माणाधीन भवन सम्पन्न नहुँदा सेवा प्रवाहमा समस्या भएको हो ।
अस्पतालको भवन अधुरै हुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या भएकोे अस्पताल विकास समितिका अध्यक्ष नरबहादुर शाहले बताउनुभयो । उहाँले भन्नुभयो, “निर्माण कम्पनीको लापरबाहीका कारण भवन निर्माण ढिलाइ भएको छ । धनगढी बजारको मुख्य सडक विस्तारका क्रममा ओपिडी भवन भत्काउनु परेपछि भवन अभाव भएको हो । जसले गर्दा सेवा प्रवाहमा समस्या भएको छ ।”
सहरी विकास मन्त्रालय अन्तर्गत सङ्घीय आयोजना कार्यान्वयन एकाइले विसं २०७४ कात्तिकमा १३ करोड ६६ लाख ४९ हजार रुपैयाँमा अस्पतालको दुईतले भवन निर्माण गर्न रविना थेगिम जेभिसँग सम्झौता गरेको थियो । आयोजना कार्यान्वयन एकाइका सूचना अधिकारी सौरभ कलौनीका अनुसार सम्झौता बमोजिम विसं २०७७ वैशाखमा भवन निर्माण सम्पन्न हुनुपर्ने हो । तर, निर्माण शुरु भएको सात वर्ष बित्न लाग्दा पनि निर्माण कम्पनीको लापरबाहीका कारण अहिलेसम्म भवन निर्माण सम्पन्न हुन सकेको छैन ।
कलौनीका अनुसार हालसम्म भवन निर्माणको काम ८८ प्रतिशत मात्र पूरा भएको छ । “पटक–पटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न भएको छैन् । हाल छैँटौँ पटक म्याद थप गरिएको छ । विसं २०८१ चैतसम्म काम सक्ने गरी म्याद थप भएको हो”, सूचना अधिकारी कलौनीले भन्नुभयो, “हामी निर्माण कम्पनीलाई कारबाहीको प्रक्रियामा गइसकेका थियौँ । खरिद नियमावलीको १३औँ संशोधनले उहाँहरुलाई अन्तिम पटक मौका दियो, त्यसैले अहिले म्याद थप भएको छ ।”
भवनमा फिनिसिङ, अन्तिम रङ्गरोगन, इलेक्ट्रिकल बक्स लगाउने काम, मार्बल विछ््याउने लगायतका काम बाँकी रहेको सूचना अधिकारी कलौनीले जानकारी दिनुभयो । एक वर्षदेखि अस्पतालले निर्माणाधीन अधुरो भवनका केही कोठाबाट बहिरङ्ग सेवा शुरु गरेको छ । अधुरो भवनमा एमआरआई, सीटीस्क्यान, इन्डोस्कोपी सेवा दिइरहेकोमा केही समय अगाडि एमआरआईमा समस्या आएकाले सेवा हाल बन्द छ ।
भवनको अभावले अधुरो भवनबाट ओपिडीलगायतका सेवा सुरु गरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा शेरबहादुर कमरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नयाँ भवन निर्माण शुरु भएको सात वर्ष बित्न लाग्दा पनि सम्पन्न भएको छैन् । भवन अभाव छ । बिरामीको चाप बढ्दो छ । दैनिक एक हजारदेखि एक हजार दुईसम्म बिरामी आउँछन् । तीन सयभन्दा बढीलाई भर्ना गरेर उपचार गर्नुपरेको छ ।”
उहाँले भवन अभावकै कारण आईसीयु (सघन उपचार कक्ष) आकस्मिक लगायतका सेवा प्रवाहमा समस्या भएको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश