
ताप्लेजुङ । जिल्लामा हालसम्म ७ सय २६ जनाले राष्ट्रिय परिचयपत्र प्राप्त गरेका छन् । चार वर्षअघि जिल्ला प्रशासन कार्यालयले परिचयपत्रका लागि विवरण सङ्कलन थालेको थियो ।
कार्यालयको राष्ट्रिय परिचयपत्र फाँटका दर्ता कर्मचारी वसन्त निरौलाले हालसम्म ३सय ४७ महिला र ३ सय ७९ पुरुषले परिचयपत्र लिएको जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा तयार भएका सात हजार नौ ६७ परिचयपत्रमध्ये ७ हजार दुई सय ४१ कार्यालयमा छन् ।
परिचयपत्रको विवरण दर्ता गराएका अधिकांश नागरिकले लामो समयसम्म कार्ड छपाइ भएर आएको जानकारी नपाएकाले कार्यालयमा परिचयपत्र थन्किएका निरौलाले बताउनुभयो । परिचयपत्र लिनका लागि सम्बन्धित व्यक्ति कार्यालयमा उपस्थित हुनुपर्ने नियमका कारण पनि कार्ड कार्यालयमा थन्किएको उहाँको भनाइ छ ।
“प्रशासनले कार्ड आइसकेपछि बुझ्नका लागि नागरिकलाई पटकपटक आह्वान गरिरहेको छ । प्रशासनद्वारा जारी सूचनाको पहुँच नहुनु वा बेवास्ताका कारण अपेक्षित सहभागिता नदेखिएको परिचयपत्र फाँटका कर्मचारी निरौलाले उल्लेख गर्नुभयो ।
यसैबीच कतिपय नागरिकले चार वर्षसम्म पर्खँदा पनि परिचयपत्र नपाएको गुनासो गरेका छन् । विवरण दर्ता गरेको चार वर्षसम्म पनि परिचयपत्र उपलब्ध नगराएपछि प्राप्त गर्ने आशा हराएको सेवाग्राहीको गुनासो छ ।
आर्थिक वर्ष २०७७/७८ देखि परिचयपत्रका लागि विवरण सङ्कलन थालिएको थियो । हालसम्म ६९ हजार पाँच सय ९८ जनाको विवरण सङ्कलन भइसकेको निरौलाले जानकारी दिनुभयो ।
स्थानीय तहमा सञ्चालन भएका अभियानमार्फत ४६ हजार दुई सय पाँच र प्रशासन कार्यालयमा २३ हजार तीन सय ९३ जनाको विवरण सङ्कलन भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षको साउनमा नौ सय ३७ जनाको विवरण सङ्कलन भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- विरोधी शक्तिहरू सत्तागठबन्धनमा फाटो ल्याउने प्रयत्नमा छन् : प्रधानमन्त्री
- सुनको गहनामा लगाइएको दुई प्रतिशत विलासी करको विरोधमा प्रदर्शन
- संसदमा पेलेरै अघि बढ्ने सत्तापक्षको तयारी
- भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’
- सप्तकोशीमा बेपत्ता गोताखोरको शव भेटियो
- नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिताविरूद्ध भ्रष्टाचारको मुद्दा दायर
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक