
काठमाडौँ । गाजामा एक अमेरिकी नागरिकसहित छ बन्धकको मृत्यु भएपछि राष्ट्रपति जो बाइडेनले सोमबार अमेरिकी वार्ताकारहरूसँग इजरायल–हमास युद्धमा बन्धकहरूको रिहाइको सम्झौताका लागि जोड दिनुहुने ह्वाइट हाउसले बताएको छ ।
ह्वाइट हाउसको बैठकका लागि समय निकाल्न बाइडेनको आधिकारिक कार्यक्रमलाई संशोधन गरिएको छ । यसमा उपराष्ट्रपति कमला ह्यारिस पनि सहभागी हुनुहुनेछ । उपराष्ट्रपति ह्यारिसले नोभेम्बरको राष्ट्रपति निर्वाचनमा बाइडेनको उत्तराधिकारी हुन उम्मेदवारी दिनुभएको छ ।
बाइडेन र ह्यारिसले सोमबार अमेरिकी नागरिक हर्श गोल्डबर्ग–पोलिन र अन्य पाँच बन्धकको शनिबार हमासले हत्या गरेपछि अमेरिकी बन्धक सम्झौतामा वार्ता गर्ने टोलीसँग भेट गर्ने र बाँकी बन्धकको रिहाइका लागि सुरक्षित सम्झौतातर्फ अगाडि बढ्ने प्रयासबारे छलफल गर्ने बाइडेनको अद्यावधिक कार्यक्रमको घोषणा गर्दै एक विज्ञप्तिमा बताइएको छ ।
संयुक्त राज्य अमेरिकाले साथी मध्यस्थकर्ताहरू इजिप्ट र कतारसँग गाजा युद्धमा बन्धक–कैदीहरूको आदानप्रदान तथा युद्धविरामका लागि महिनौँ बिताएका छन् ।
नोभेम्बरमा एक साताको युद्धविराममा सयौँ बन्धकलाई रिहा गरिएको थियो । प्रचारक र परिवारका सदस्यहरूले बाँकी बन्धकको फिर्ती सुनिश्चित गर्न अर्को सम्झौता सबैभन्दा राम्रो विकल्प हुने विश्वास व्यक्त गरेका छन् ।
बाँकी बन्धकहरूको रिहाइ सुनिश्चित गर्न इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुको सरकारमाथि दबाब बढाउने उद्देश्यले इजरायलमा राष्ट्रव्यापी हडताल सोमबार हुने भएको थियो ।
बन्धकका आफन्त र अधिवक्ताहरूले नेतान्याहु प्रशासनमाथि बन्दीहरूलाई जीवित फर्काउनका लागि पर्याप्त कदम नचालेको आरोप लगाएका छन् । साथै उनीहरूले बाँकी मानिसलाई बचाउन तत्काल युद्धविरामको आह्वान गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश