
काठमाडौँ। नेकपा एकीकृत समाजवादी वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे र क्युवाली कार्यबाहक राजदूत अवेल अवेली डिपेग्नीबीच भेटवार्ता भएको छ।
एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगर काठमाडौँमा वरिष्ठ उपाध्यक्ष पाण्डे र अवेलीबीच सोमबार भेटवार्ता भएको हो। भेटवार्तामा २०२२ देखि अमेरिकाले क्युवालाई आतंककारी देशको सूचीमा राखेको राजदूत अवेलीले जानकारी गराउनु भएको छ।
राजदूत अवेलीले क्युवाका जनता असाध्यै कष्ट र संघर्षमा बाँचिरहेको बताउनुभयो। राजदूतले अवेलीले क्युवाको वर्तमान अवस्थाबारे जानकारी गराउँदै नेपालले क्युवाको पक्षमा बोल्न अनुरोध गर्नुभयो। साथै उहाँले अमेरिकाले घोषणा गरेको आतंकारी मुलुकको सूचीबाट हटाउनका निम्ति ऐक्यवद्धता जनाउन एकीकृत समाजवादीलाई अनुरोध गर्नुभएको छ।
केही दिनको लागि पार्टीको कार्यबाहक अध्यक्ष जिम्मेवारी समेत पाउनुभएका पाण्डेले राजदूत अवेलीको प्रस्तावलाई गम्भीर रुपमा लिएको बताउनुभयो। अध्यक्ष पाण्डेले आफूहरु क्युवाली जनताको स्वतन्त्रा, सार्वभौमिकता पक्षामा रहेको स्पष्ट पार्नुभयो। साथै कार्यबाहक अध्यक्ष पाण्डेले अमेरिकाले क्युवालाई आतंकारी देशको सूचीमा राख्नु बेठिक भएको बताउनुभयो।
साथै पाण्डले अमेरिकी सरकारसँग क्युवालाई आतंकारी देशको सूचीमा नराख्न अपिल गर्नुभएको छ। उहाँले भन्नुभयो, ‘हाम्रो पार्टी क्वीवाली जनताको पक्षमा छ। त्यहाँको क्यम्युनिष्ट पार्टीसँग राम्रो सम्बन्ध राख्न, थप घनिष्ठ सम्बन्ध राख्न चाहान्छ। हामी क्युबाको क्रान्तिकारी इतिहासप्रति गर्वगछौं। शक्तिशाली देश अमेरिको नजिकै रहेको समाजवादी देश क्युवाले साम्राज्यवादी विरुद्ध दृढतापूर्वक शीर ठाडो पारेर लडिरहेकोप्रति गर्व गर्छौं।’
राजदूत अवेलीले क्युवाली जनताको एकता, साम्राज्यवादप्रतिको घृणा र क्युवाली नेताहरूको कुशल नेतृत्वका कारण अमेरिकासँग नझुकिकन निरन्तर भिडिरहेको बताउनुभयो।
क्युवाले लामो समयदेखि नाकाबन्दीको सामना गरिरहेको छ। भेटवार्तामा पार्टीका नवनिर्वाचित उपाध्यक्ष जगन्नाथ खतिवडा, पोलिट्ब्यूरो सदस्य सुदेश पराजुली, केन्द्रीय सदस्य माधव पन्त लगायतका नेताहरूको सहभागिता थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश