
गोरखा । गण्डकी गाउँपालिकाले भौगोलिक जटिलताका कारण नागरिकले सेवा प्रवाहमा कठिनाइ भोग्दै आएका दुईवटा वडामा सेवा केन्द्र विस्तार गरेको छ ।
गाउँपालिकाले वडा नम्बर २ को आँपटार र वडा नम्बर ६ को पल्लोटारमा सेवा केन्द्र विस्तार गरेको गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सेनाले जानकारी दिनुभयो ।
स्थानीय सरकारले प्रदान गर्ने सेवाप्रवाहमा सहज पहुँच पुग्न नसकेका क्षेत्रमा गाउँपालिकाले सेवा केन्द्र थप गरेको उहाँले बताउनुभयो । ‘थप गरिएका सेवा केन्द्रबाट तोकिएको दिनमा वडा कार्यालयबाट उपलब्ध हुने सबै प्रकारका सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ’ अध्यक्ष तिमिल्सेनाले भन्नुभयो– ‘अब सेवाग्राहीले धाएर वडा कार्यालयसम्म पुग्नु पर्दैन ।
घरदैलोमा सेवाप्रवाह पुर्याउँदै नागरिकलाई वास्तविक रूपमा स्थानीय सरकारको भएको अनुभूति गराउने उद्देश्यसहित वडा कार्यालयबाट टाढा रहेका स्थानमा सेवा केन्द्र थप गर्दै लगेको हो । गाउँपालिकाले वडा नम्बर २ मा पशुपति प्रजा प्राविको भवन र वडा नम्बर ६ मा भैरवी कृषि सहकारी संस्थाको भवनबाट सेवा केन्द्र सञ्चालनमा ल्याएको अध्यक्ष तिमिल्सेनाले बताउनुभयो ।
‘टाढासम्म धाएर सेवा लिन जानुपर्ने बाध्यताको अन्त्य गर्दै जाने र जनताको घरदैलोमा सेवा पुर्याउनुपर्छ भन्ने हाम्रो अवधारणा हो, यसले मात्र जनतामा वास्तविक स्थानीय सरकारको अनुभूति गराउँदछ’ उहाँले भन्नुभयो । यी दुई स्थान र आसपासका सेवाग्राहीलाई यसअघि वडा नम्बर २ को ताङलिचोक र वडा नम्बर ६ को भुम्लिचोकमा रहेका वडा कार्यालयबाट सेवा लिन धाएरै जानुपर्ने बाध्यता रहँदै आएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश