
उदयपुर । त्रियुगा नगरपालिका आसपास बसोबास गर्ने थारु समुदायले खेतमा धान रोपाइँ सकेर मनाइने रैब पर्व मनाएका छन् ।
सदाझैँ बगाहा, मोतीगडा, देउरी, जोगिदह, खैजनपुर, मोथ्याईसहित चौदण्डी गढी नगरपालिकाको हडिया, सुन्दरपुर, बेलही क्षेत्रका थारु समुदायले रैब पर्व मनाएका हुन् ।
थारु कल्याणकारी समिति उदयपुरका अध्यक्ष डुल्लीराम चौधरीका अनुसार रैब पर्व प्रत्येक वर्षको भदौ महिनाको पहिलो आइतबारदेखि अन्तिम आइतबारसम्ममा थारु समुदाय बसोबास गरेको टोल–टोल मनाइने गरिन्छ ।
यस पर्वमा भदौ महिनाको कुनै एक आइतबार गाउँघरका थारु दाजुभाइहरुले बिहान र बेलुकी नुन नखाने र दही, च्युरा, जेरी तथा फलफूल खाएर बस्ने प्रचलन रहेको उहाँले बताउनुभयो । बिहानै खोलामा गएर स्नान गर्ने र सूर्य देवसहित घरको मूलीले घरको कूल पित्रको पूजा गर्ने प्रचलन रहेको त्रियुगा नगरपालिका–३ मोतिगडाका दानीप्रसाद चौधरीले जानकारी दिनुभयो ।
चौधरीका अनुसार असार साउन महिनाभर धान रोपाइँ लगायतमा किट, पतङ्गजस्ता निर्दोष प्राणी अन्जानमा मर्ने गरेको कारण उनीहरुको आत्माको शान्तिको कामना गर्दै भदौको एक आइतबार बिहान बेलुकी नुन नखाई सूर्य देवको पूजा आराधना गर्ने र कूल देवताको शरण पर्ने पुरानै चलन हो ।
रोपाइँको समयमा काम गर्दा मरेका निर्दोष किट, पतङ्गको सम्झना गर्दै पाप नलागोस् भनेर बिहान बेलुकी नुन नखाई फलफूल, दही, चिउरा खाएर आइतबार बस्ने प्रचलननै रैब पर्व रहेको गाईघाटका थारु, समुदायका अगुवा देबीलाल चौधरी बताउनुहुन्छ ।
बाजे, पुर्खाको पालादेखि धान रोपाइँ सकेपछि भदौको कुनै एक आइतबारे रैब पुजा गर्ने प्रचलन शुरु भएको कारण अझै वर्षेनी भदौको एक आइतबार रैब पर्व मनाउने गरेको त्रियुगा क्षेत्रका थारु समुदायका अगुवाहरु बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश