
काठमाडौँ । रुससँग युद्ध गरिरहेको युक्रेनले सहयोगी राष्ट्रसँग लामो दूरीका हतियार मागेको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राज्य अमेरिका, बेलायत, फ्रान्स र जर्मनीजस्ता पश्चिमा मित्रराष्ट्रहरूसँग लामो दूरीसम्म हान्न सक्ने हतियारको पहुँच युक्रेनलाई तत्काल दिनुपर्नेमा जोड दिनुभएको हो।
जेलेन्स्कीले भन्नुभएको छ– ‘अहिले युक्रेनी प्रथम उपप्रधानमन्त्री, रक्षामन्त्री लगायत युक्रेनी प्रतिनिधिमण्डल वासिङ्टनमा सहयोग जुटाउनका लागि काम गरिरहेको छ ।’
युक्रेनको उच्च प्राथमिकता रूसको आक्रमण रोक्न आफ्नो रक्षा बललाई लामो दूरीको क्षमताले सुसज्जित गर्नु रहेको राष्ट्रपति जेलेन्स्कीले बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘विभिन्न स्तरमा बैठक भएका छन्, र हाम्रो शीर्ष प्राथमिकतामध्ये एक हाम्रो रक्षा बलहरूको लागि दीर्घकालीन क्षमता सुरक्षित गर्नु हो। खार्किभ र युक्रेनका अन्य शहरले सहन बाध्य भएको आतङ्कलाई रोक्न यो महत्त्वपूर्ण छ ।’
जेलेन्स्कीले विभिन्न शहरको सुरक्षाका साथै ऊर्जा पूर्वाधारको सुरक्षामा मद्दत गर्न युक्रेनले आफ्ना सहयोगीसँग हवाई प्रतिरक्षाको बारेमा छलफल गरिरहेको समेत बताउनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश