
मोरङ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गलाई प्रदेश लोक सेवा आयोगले आज आर्थिक वर्ष २०८० र ८१ को पाँचौ वार्षिक प्रतिवेदन वुझाएको छ ।
प्रदेश प्रमुख खापुङ्गलाई आयोगका अध्यक्ष महेन्द्र गुरागाईले प्रदेश प्रमुखको कार्यालयमा आव २०८० र ८१ मा सम्पदन गरेका काम करवाहीको वार्षिक प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो । त्यस अवसरमा प्रदेश प्रमुख खापुङ्गले आयोगले निष्पक्ष रुपमा कर्मचारी छनौट र सिफारिस गरेको बताउनुभयो । उहाँले मुलुकको सार्वजनिक प्रशासन सञ्चालनमा आयोगको ठूलो सहयोग पुगेको धारणा राख्नुभयो ।
प्रदेश प्रमुख खापुङ्गले आयोगको सशक्त क्रियाकलापको परिणाम स्वरुप प्रदेशका प्रशासनमा सवल र निष्पक्षतामा देखिएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘आयोगले कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गर्दा प्रदेशको मोरङ जिल्ला बाहेक अन्य जिल्लाबाट कम परेको देखिएकोमा यो छलफलको विषय बन्न आवश्यक छ ।’
आयोगका प्रदेश अध्यक्ष गुरागाईले आव २०८० र ८१ मा प्रदेश निजामती सेवाका विभिन्न सेवातर्फ माग भई आएका पद सङ्ख्या कुल ४६४ पद रहेको जानकारी दिनुभयो । यसमध्ये खुला तथा समावेशीतर्फ ३३२, अन्तर स्थानीय तहतर्फ १४, आन्तरिक अन्तर सेवातर्फ चार गरी जम्मा ३५० का लागि विज्ञापन प्रकाशन गरिएको थियो । साथै वढुवातर्फ ११४ पदका लागि सूचना प्रकाशन गरेको उहाँले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश