
काठमाडौँ । दोस्रो अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवसको सन्दर्भमा आज काठमाडौँमा ‘वाकाथोन’ आयोजना गरिएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागले आयोजना गरेको वाकाथोन नक्साल, दरबारमार्ग, केशरमहल, नारायणहिटी हुँदै पुनः प्रहरी प्रधान कार्यालय पुगेर समापन समारोहमा परिणात भएको थियो ।
समारोहमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले विश्वमा हाल सङ्गठित र सङ्क्रमणकालीन अपराध चुनौतिका रूपमा देखापरिरहेको जनाउँदै त्यस्ता अपराधविरूद्ध सबै एकजुट भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । ‘विभिन्न देशमा हुने सङ्गठित अपराध एक पक्षीय प्रयासले मात्र नियन्त्रण गर्न सकिदैन’ उहाँले भन्नुभयो– ‘यसका लागि सबै राष्ट्रबीच आपसी सहयोग, सूचनाको आदान प्रदान एवम् समन्वय हुनुपर्छ ।’
इन्टरपोल स्थापना दिवसका अवसरमा सेप्टेम्बर ७ लाई अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवसका रूपमा मनाउने घोषणा गरिएअनुरूप यसवर्ष पनि विविध कार्यक्रम आयोजना गरी दिवस मनाइँदै छ ।
वाकाथोनमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, अवकाश प्राप्त प्रहरी महानिरीक्षक, प्रहरी अतिरिक्त महानिरीक्षक, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक, नेपाली सेनाका सहायक रथी, प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृत लगायतको सहभागिता थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- विरोधी शक्तिहरू सत्तागठबन्धनमा फाटो ल्याउने प्रयत्नमा छन् : प्रधानमन्त्री
- सुनको गहनामा लगाइएको दुई प्रतिशत विलासी करको विरोधमा प्रदर्शन
- संसदमा पेलेरै अघि बढ्ने सत्तापक्षको तयारी
- भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’
- सप्तकोशीमा बेपत्ता गोताखोरको शव भेटियो
- नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिताविरूद्ध भ्रष्टाचारको मुद्दा दायर
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक