
गण्डकी । लेखनाथ नेवाः खलको आह्वानमा गगन नेवा खलःद्वारा आयोजित तायमचा नृत्य प्रतियोगितामा समाज कल्याण नेवाः खल पोखरा–३२ राजाको चौताराले प्रथम स्थान हासिल गरेको छ ।
शनिबार सम्पन्न प्रतियोगितामा शिशुवा नेवाः खल पोखरा–३० दोस्रो, रुपा देउराली नेवाः खल तेस्रो तथा मिलीजुली नेवाः खल पोखरा–३३ बागमाराले सान्तन्वा स्थान प्राप्त गरेका छन् ।
प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुनेले क्रमशः ४० हजार, ३० हजार, २० हजार र १० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा उत्कृष्ट परी नृत्यमा भीमसेन नेवाः खल पोखराकी स्मारिका श्रेष्ठ पुरस्कृत बन्नुभयो भने वेशभूषामा समाज कल्याण नेवाः खल पोखरा–३२ राजाको चौतारा, उत्कृष्ट जोकरमा रुपा देउराली नेवाः खलकी सोनिसा श्रेष्ठ पुरस्कृत बन्नुभएको छ । प्रतियोगितामा विभिन्न ९ वटा समूहले प्रतिष्पर्धा गरेका थिए ।
तायमचा नृत्यको ऐतिहासिक एवं सांस्कृतिक महत्वलाई दृष्टिगत गर्दै नाचको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको गगन नेवाः खलका अध्यक्ष लिलबहादुर श्रेष्ठले बताउनुभयो । प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले हाम्रा प्राचीन संस्कार र संस्कृति पुस्तान्तरण हुनुपर्नेमा जोड दिनुभयो ।
नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखे, पोखरा महानगरपालकिा वडा नम्बर ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्की, गगन नेवाः खलका सचिव शरणकुमार प्रधान लगायतले तायमचाको सांस्कृतिक महत्वसँगै यसको जगेर्ना गर्नुपर्ने लगायतमा आ–आफ्ना धारणा राख्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश