
काठमाडौँ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले सेप्टेम्बरमा चीन भ्रमण गनुहुनेभएको छ ।
बेइजिङ र युरोपेली सङ्घबीच विद्युतीय सवारी साधनका लागि चिनियाँ अनुदानको विषयमा व्यापार गतिरोध जारी रहेका समय प्रधानमन्त्री साञ्चेजको भ्रमणको कार्यक्रम सार्वजनिक भएको हो ।
स्पेनी प्रधानमन्त्रीकोे कार्यालयले सेप्टेम्बर ७ देखि १२ सम्म हुने भ्रमणको विस्तृत विवरण उपलब्ध नगराए पनि भ्रमणका क्रममा उहाँले चिनियाँ राष्ट्रपति सी चिनफिङ र अन्य अधिकारीसँग भेटवार्ता गर्ने अपेक्षा गरिएको छ ।
सन् २०२३ को मार्चमा आफ्नो अन्तिम चीन भ्रमणका क्रममा स्पेनी प्रधानमन्त्री साञ्चेजले चिनियाँ राष्ट्रपति सीसँग भेट गर्नुभएको थियो ।
सीले युक्रेनका लागि चीनको शान्ति प्रस्तावलाई समर्थन जुटाउने प्रयास गरिरहेका बेला र युरोजोनको चौथो ठूलो अर्थतन्त्र स्पेनले सन् २०२३ को उत्तराद्र्धमा युरोपेली सङ्घको आलोपालो अध्यक्षता सम्हाल्ने तयारी गरिरहेका बेला यो भ्रमण हुन लागेको हो ।
सान्चेजको आसन्न चीन भ्रमण युरोपेली आयोगले गत हप्ता चीनबाट आयात हुने विद्युतीय सवारीसाधनमा ३६ प्रतिशतसम्म पाँच वर्षका लागि आयात शुल्क लगाउने घोषणा गरेपछि हुन लागेको हो ।
बदलामा बेइजिङले चीनमा आयात हुने केही दुग्धजन्य पदार्थमा ईयूले दिएको अनुदानबारे छानविन शुरु गरेको छ । अनुसन्धानमा ताजा चीज र दही, केही दूध र क्रिम लगायत विभिन्न वस्तु समावेश हुनेछन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश