
धादिङ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको आज स्थलगत निरीक्षण गर्नुभएको छ ।
काठमाडौँको नागढुङ्गादेखि धादिङको नौबिसे, गल्छीबजार हुँदै चितवनको मुग्लिन र पोखरासम्मका नागरिक भेट्ने, गुनासो सुन्ने र गर्नुपर्ने कामको योजना बनाउने यात्रामा निस्कनुभएका मन्त्री दाहालले पहिलो चरणमा सुरुङ मार्गको निरीक्षण गर्नुभएको हो । उहाँसँगै नेकपा एमाले धादिङका नेताहरुको टोली काठमाडौँको बलम्बूबाट सुरुङ प्रवेश गरी धादिङको सिस्नेखोला निस्किएको थियो ।
सुरुङको यात्रा गरेर निस्किनुभएका मन्त्री दाहालले नेपालमा सुरुङ मार्गको युग शुरु भएको बताउनुभयो । सुरुङमार्गको काम समयमै सक्न र चाँडै सञ्चालनमा ल्याउन उहाँले निर्माणमा संलग्न कम्पनी र सम्बन्धित निकायलाई निर्देशन दिनुभएको नेकपा एमाले धादिङका सचिव राधिका सापकोटाले जानकारी दिनुभएको छ ।
चन्द्रागिरी नगरपालिकाको बलम्बूदेखि धादिङको सिस्नेखोला जोड्ने उक्त सुरुङमार्गअन्तर्गत आपतकालीन सुरुङको लम्बाइ दुई दशमलव ५५७ किलोमिटर र मुख्य सुरुङको लम्बाइ २ दशमलव ६८८ किलोमिटर छ । आयोजनाका अनुसार हाल तीन चौथाइभन्दा बढी काम सकिएको छ । आयोजनाको मुख्य सुरुङ र आपतकालीन सुरुङ छिचोलिएर टर्नेलमा लाइनिङको काम भइरहेको सुरुङमार्ग आयोजनाका इन्जिनियर तथा प्रवक्ता रमेश कोइरालाले जानकारी दिनुभयो ।
‘सुरुङभित्रको सडक ढलान, बत्ती तथा अक्सिजन पाइप जडानको काम सुरु भएको छ । आयोजनाअन्तर्गत अहिले तीन अन्डर पास, चार कल्भर्ट, तीन पुल, एउटा ओभर पास, फ्लाइओभरलगायत संरचना निर्माण भइरहेका छन्’ उहाँले भन्नुभयो ।
विसं २०८२ को दशैँसम्ममा सवारीसाधन चलाउने गरी सुरुङमार्गको काम भइरहेको प्रवक्ता कोइरालाले जानकारी दिनुभयो । विसं २०७६ कात्तिक ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजनाको शिलान्यास गर्नुभएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश