
चितवन । किसानले स्थानीय रूपमा उत्पादन भएको महको बजारीकरण गरिदिन माग गरेका छन् ।
बिहीबार कृषि तथा पशुपक्षी विकास रामनाथ अधिकारीलाई भेटेर किसानहरूले महको उत्पादन र बजारीकरणमा देखिएको समस्या समाधान गरिदिन माग गरेका हुन् । कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीसहित काठमाडौँ पुगेका किसानले यही अवस्था रहिरहे किसान पलायन हुन बाध्य हुने बताएका छन् ।
नेपाल मौरीपालक महासङ्घका निवर्तमान अध्यक्ष शिव पौडेलले किसानको मह बिक्री नभएर डम्पिङ हुने अवस्थामा आएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘यहाँका किसानले उत्पादन गरेको मह बिक्री भएको छैन, भारतबाट आउने मह ल्याउन छाडिएको छैन, यस्तो अवस्थामा किसान कसरी टिक्न सक्छन् ।’
कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले कृषिमन्त्री अधिकारीलाई समग्र राष्ट्रिय मौरीपालक किसानको समस्या, चितवनको कालिकामा रहेका मौरीपालक किसानद्वारा उत्पादित महको बजारीकरण समस्या आफूले प्रत्यक्ष देखेकोे हुनाले कृषिमन्त्री अधिकारीलाई नेपालमा उत्पादित महलाई पहिलो प्राथमिकता दिनुपर्ने सुझाव दिनुभयो । कालिकामा आवश्यक पर्नेभन्दा धेरै बढी मह उत्पादन भइरहेकाले निर्यातको राम्रो ठाउँ खोजीदिन मन्त्री अधिकारीसमक्ष नगरप्रमुख रेग्मीले अनुरोध गर्नुभयो ।
‘किसानले मेहनत र लगानी गरेर उत्पादन गरेको महले बजार पाउन नसक्दा सोचेभन्दा उत्पादन बढाउन सकेका छैनन् । बजार सुनिश्चित हुने हो भने उत्पादन अझै बढाउन सकिन्छ’ नगरप्रमुख रेग्मीले भन्नुभयो– ‘उत्पादित महले बजार नपाउँदा किसान निराश हुनुपर्ने अवस्था सृजना हुँदै गएको छ ।’ नेपालमा उत्पादित महको बजार बढाउनका लागि भारतबाट आउने मह रोक्नुपर्नेमा उहाँले जोड दिनुभएको छ ।
चितवनको कालिका नगरपालिकासहित जिल्लामा मह उत्पादन निकै राम्रो भइरहेकाले अब उत्पादनभन्दा पनि बजारीकरणको चिन्ता बढ्दै गएको उहाँले बताउनुभयो । उहाँले महको बजारीकरणका लागि विशेष योजना बनाउन कृषिमन्त्री अधिकारीलाई अनुरोध गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- विरोधी शक्तिहरू सत्तागठबन्धनमा फाटो ल्याउने प्रयत्नमा छन् : प्रधानमन्त्री
- सुनको गहनामा लगाइएको दुई प्रतिशत विलासी करको विरोधमा प्रदर्शन
- संसदमा पेलेरै अघि बढ्ने सत्तापक्षको तयारी
- भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’
- सप्तकोशीमा बेपत्ता गोताखोरको शव भेटियो
- नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिताविरूद्ध भ्रष्टाचारको मुद्दा दायर
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक