
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेश महामन्त्री पारस बाहुनलाई पार्टीले बर्खास्त गरेको छ । बाहुनलाई सुदूरपश्चिम प्रदेश सभापति प्रकाश विष्टले बर्खास्त गर्नुभएको हो । बाहुन गत मंसिर १३ गते महामन्त्रीमा नियुक्त हुनुभएको थियो ।
संगठन र नेतृत्वलाई असहज, असफल बनाउने विविध क्रियाकलाप गरेपछि बर्खास्त गर्नुपरेको प्रदेश सभापति विष्टले जारी गरेको विज्ञप्तीमा भनिएको छ । बाहुनलाई भदौ १० गते स्पष्टीकरण सोधिएको थियो । ७२ घन्टाभित्र स्पष्टीकरण दिन भनिएकामा उहाँले चित्तबुझ्दो जवाफ नदिएकाले बिहीबारदेखि लागू हुने गरी प्रदेश महामन्त्री पदको जिम्मेवारिबाट मुक्त गरिएको प्रदेश सभापति विष्टले बताउनुभएको छ ।
प्रदेश महामन्त्रीबाट बर्खास्त गरिएका बाहुनले भने प्रदेश सभापतिले व्यक्तिगत सम्बन्धलाई लिएर कारबाही गरेको प्रतिक्रिया दिनुभएको छ । नेतृत्वलाई खुसी पार्न नसक्दा महामन्त्रीबाट हटाइएको उहाँको आरोप छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो