
भक्तपुर। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले जनप्रतिनिधि र राजनीतिक कार्यकर्ता पद एवं पैसाको निम्ति नभई देश र जनताको लागि निःस्वार्थ सेवामा लाग्नुपर्ने बताउनुभएको छ ।
भक्तपुर नगरपालिकाले आज यहाँ आयोजना गरेको भक्तपुर काण्ड कालो दिन विषयक कार्यक्रममा उहाँले देशमा भएको अन्यायको विरोध नगर्ने कम्युनिष्ट हुनै नसक्ने बताउनुभयो । राजनीतिक कार्यकर्ताहरू सैद्धान्तिक रुपमा परिपक्व हुनुपर्नेमा जोड दिँदै उहाँले जनप्रतिनिधि र कार्यकर्ताहरूले व्यक्तिगत फाइदाभन्दा माथि उठेर समाजको हितका लागि काम गर्नुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर काण्डबारे नयाँ पुस्तालाई सचेत पार्ने उद्देश्यले यस घटनाबारे चर्चा परिचर्चा आवश्यक भएको बताउनुभयो । भक्तपुर काण्डमा समातिएकालाई पञ्चायती सरकारले युद्धमा हारेकालाई भन्दा पनि दर्दनाक यातना दिइएको बताउनुभयो ।
नगरपालिकाका उपप्रमुख रजनी जोशीलगायत विभिन्न व्यक्तित्वले भक्तपुर काण्डबाट भक्तपुरका महिलालाई राजनीतिक र सामाजिक रुपमा साक्षर र सङ्गठित गर्ने अभियानको सुरुवात भएको तथा भक्तपुर काण्डलाई सङ्घर्षको रुपमा स्मरण गरेको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो