
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले अहिलेका २४ जना पदाधिकारीलाई नै स्थायी कमिटी बनाउने निर्णय गरेको छ । आज केन्द्रीय कमिटी बैठकले वर्तामान पदाधिकारीहरु रहेको स्थायी कमिटी बनाउने निर्णय गरेको हो ।
आजको बैठकले घनेन्द्र बस्नेत, बेदुराम भुसाल र प्रमेश हमाललाई वरिष्ठ नेता मनोनीत गरेको छ । यो मनोनयनसंगै एकीकृत समाजवादीको पदाधिकारी संख्या २४ पुगेको हो ।
दशौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भूसाल चयन हुनुभएको थियो । मंगलबार राजेन्द्र पाण्डे निर्विरोध वरिष्ठ उपाध्यक्ष चयन हुनुभएको थियो ।
बाँकी ६ जना उपाध्यक्ष, चार जना उपमहासचिव र ७ जना सचिव मतदाबाट निर्वाचित हुनुभएको छ । यिनै पदाधिकारी रहेको स्थायी कमिटी हुने बैठकले निर्णय गरेको छ ।
केन्द्रीय सदस्यहरुको मतदानबाट बिहीबार नै ८४ सदस्यीय पोलिट्ब्यूरो गठन भएको छ । १०५ सदस्यीय पोलिटब्यूरोको एकतिहाइ सदस्य स्थायी कमिटी रहने व्यवस्था छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो