
काठमाडौँ । ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीश अलेक्जान्ड्रे डे मोरेसले एलोन मस्कलाई २४ घण्टाभित्र आफ्नो सामाजिक सञ्जाल एक्सको तर्फबाट लागि कानुनी प्रतिनिधि नियुक्त गर्न आदेश दिनुभएको छ ।
न्यायाधिश मोरोसले मस्कले कानुन व्यवसायी नियुक्त नगरेमा सामाजिक सञ्जाल एक्सलाई देशव्यापी रुपमा निलम्बन गरिने चेतावनी दिनुभएको छ । सर्वोच्च अदालतको आफ्नो आधिकारिक एक्स अकाउन्टमार्फत एलोन मस्कलाई २४ घण्टाभित्र नयाँ कानुनी प्रतिनिधि नियुक्त गर्न समाह्वान जारी गरेको हो ।
‘सर्वोच्च अदालतका न्यायाधीश अलेक्जान्ड्रे डे मोरेसले बुधबार राति व्यवसायी एवं सामाजिक सञ्जाल एक्सका प्रमुख एलोन मस्कलाई ब्राजिलमा २४ घण्टाभित्र कम्पनीको तर्फबाट नयाँ कानुनी प्रतिनिधि नियुक्त गर्न आदेश दिनुभएको छ’ अदालतको आधिकारिक साइटमार्फत जानकारी गराइएको छ । ‘सन् २०२४ अगस्ट १८ मा नै सामाजिक सञ्जालमा अदालतको आधिकारिक पोस्टमार्फत एक्सको तर्फबाट नियुक्त गरिएको कानुन व्यवसायीलाई अदालतमा उपस्थित हुनका लागि समाह्वान जारी गरिएको थियो ।’
सर्वोच्च अदालतले न्यायप्रक्रियामा बाधा पुर्याएमा ब्राजिलमा सामाजिक सञ्जाल एक्सको सञ्चालन निलम्बन हुने चेतावनी दिएको छ । मोरेसले न्यायामा बाधा पुर्याएकोसहित अन्य आरोपमा मस्कलाई अनुसन्धानकोे दायरामा राख्नुभएको छ ।
यस वर्षको सुरुमा ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीश मोरेसले न्यायाधीश मोरेसले एक्सका विभिन्न खाताबाट दुष्प्रचार फैलाएको आरोप लगाउदै केही खाता बन्द गर्न आदेश दिएपछि विवाद शुरु भएको हो ।
तर एक्सका प्रमुख मस्कले ब्राजिलका न्यायाधीशको आदेशलाई चुनौती दिँदै पुराना केही खातामाथिको प्रतिबन्ध हटाउनुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो