
काठमाडौँ । रूसले करिब एक सय अमेरिकी नागरिकलाई प्रवेशमा प्रतिबन्ध लगाएको छ ।
रूसले दुई दर्जनभन्दा बढी पत्रकारसहित ९२ अमेरिकी नागरिकमाथि प्रतिबन्ध लगाएको रूसी विदेश मन्त्रालयले बिहीबार घोषणा गरेको छ । ‘मस्कोलाई रणनीतिक पराजय गराउने’ घोषित लक्ष्यका साथ बाइडेन प्रशासनको ‘रूसोफोबिक’ नीतिको प्रतिक्रियामा प्रतिबन्ध लगाइएको हो’ रूसको राष्ट्रिय समाचार संस्था तासले जनाएको छ ।
रूसले प्रतिबन्ध लगाएको अमेरिकी नागरिकको सूचीमा अमेरिकी सरकारका सदस्यहरू, प्रजातन्त्र समर्थक कार्यकर्ता, शिक्षाविद् र रूस–युक्रेन द्वन्द्वकाबीच युक्रेनलाई हतियार आपूर्ति गर्ने रक्षा अनुबन्ध फर्म र वित्तीय संस्थाका नेताहरू समावेश रहेका छन् । रूसी विदेश मन्त्रालयको विज्ञप्तिअनुसार यो प्रतिबन्धको सुचीमा वाल स्ट्रिट जर्नल, वासिङ्टन पोस्ट र न्यूयोर्क टाइम्सका केही पत्रकारको नाम उल्लेख गरिएको छ ।
‘प्रतिबन्धित व्यक्तिहरूको सूचीमा ‘रूस र रूसी सेनाबारे वासिङ्टनले फैलाएको प्रोपागान्डाको बारेमा झूठो प्रसारमा संलग्न प्रमुख उदार–विश्वव्यापी प्रकाशनहरूका सम्पादकीय कर्मचारी र पत्रकारहरू समावेश छन्’ विदेश मन्त्रालयले भनेको छ । सूचीवद्ध पत्रकारमध्ये वाल स्ट्रिट जर्नल (डब्लुएसजे) का प्रधान सम्पादक एमा टकर पनि रहनुभएको छ ।
सूचीमा रहेका डब्लुएसजेका अन्य १३ जना वर्तमान वा पूर्व कर्मचारीमा सञ्चारमाध्यमका प्रमुख सम्पादक, विश्व समाचार विभागका प्रमुख, यसको किएभ ब्युरो प्रमुख, पूर्व मस्को ब्यूरो प्रमुख र यसको सम्पादकीय बोर्डका सदस्य समावेश रहेका छन्। प्रतिबन्ध गरिएका मानिसहरूको सूचीमा न्युयोर्क टाइम्सका पाँचजना पत्रकार, वासिङ्टन पोस्टका चारजना पत्रकार र केलायती पत्रिकाका केही पत्रकारको नाम पनि सूचीकृत छ ।
अमेरिकी स्पेस कमान्डका कमान्डर स्टिफन ह्वाइटिङ, स्पेस सिस्टम कमान्डका कमान्डर फिलिप ग्यारान्ट र स्पेस पोलिसीका लागि सहायक उप–रक्षामन्त्री जोन प्लम्ब पनि प्रतिबन्धको सूचीमा परेका छन् । ‘अमेरिकी शासक वर्गले रूसमाथि लगाएको प्रतिबन्धको प्रतिक्रियामा रूसले यो प्रवेश प्रतिबन्ध जारी गरेको र रूस विरोधी गतिविधिहरूमा प्रत्यक्ष रूपमा संलग्न व्यक्तिलाई समावेश गरेर यो सूची विस्तार गर्ने अभ्यास दृढता र स्थिरताका साथ जारी रहनेछ’ रूसी विदेश मन्त्रालयले जारी विज्ञप्तिमा भनिएको छ ।
यसअघि, अमेरिकाले ‘युक्रेनमा क्रेमलिनको अवैध युद्ध’ का लागि रूस र बेलारूसमा अमेरिकी उत्पादन र ‘अमेरिकी ब्रान्डेड’ वस्तुको आपूर्तिलाई प्रतिबन्धित गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो