+

राष्ट्रपतिद्वारा टिआरसी विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानविन आयोगसम्बन्धी (टिआरसी) विधेयक प्रमाणीकरण गर्नुभएको छ ।  

राष्ट्रपतिले विधेयक आज प्रमाणीकरण गर्नुभएको हो । राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम  विधेयक प्रमाणीकरण गर्नुभएको शीतल निवासले जनाएको छ । 

सङ्घीय संसद्का दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष विधेयक पेश भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट