
काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्प्सनबीच भएको छ । उहाँहरुबीच आज मन्त्रालयमा भेटवार्ता भएको हो ।
भेटवार्तामा उहाँहरुबीच नेपाल र अमेरिकाबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने सम्बन्धमा छलफल भएको मन्त्रालयले जनाएको छ । भेटवार्ताम मन्त्री ठकुरीले अमेरिकाको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (युएसआइडी) ले सात दशकदेखि नेपालको विकासको प्रमुख सहयोग रहँदै आएकामा राजदूतलाई धन्यवाद दिनुभएको छ ।
मन्त्री शाहीले भन्नुभयो– ‘नेपालको आर्थिक सामाजिक वातावरणीय तथा शासकीय विकासमा अमेरिकी सरकारले खेलेको भूमिकाप्रति आभारी छु ।’ नेपालका हालैका दिनमा एमसिसीलगायत विभिन्न परियोजनामार्फत पूर्वाधार विकासमा अमेरिकी सरकारको महत्वपूर्ण सहयोग रहँदै आएको मन्त्री ठकुरीले बताउनुभयो ।
उहाँले नेपालमा शिक्षा क्षेत्रमा विकास, सार्वजनिक स्वास्थ्य सुधार कार्यक्रमका माध्यमबाट जलवायु परिवर्तन अनुकूलन तथा न्यूनीकरण वन तथा जैविक विविधता संरक्षण वन्यजन्तु संरक्षण भूकम्पपछिको पुनःनिर्माणलगायत विभिन्न क्षेत्रमा अमेरिकाको सहयोग रहेको बताउनुभयो ।
भेटवार्तामा राजदूत थम्प्सनले वन मन्त्रालयको आगामी कार्ययोजना तथा समस्या र समधानका उपायबारे जानकारी लिनुभएको थियो । साथै उहाँले युएसआइडीमार्फत नेपालको पर्यटन उद्योगमा काम गर्ने चाहना रहेको र नेपाल सरकार जलवायु परिर्वतन क्षेत्रमा केन्द्रित रहँदा खुशी लागेको बताउनुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो