
काठमाडौँ । कानुन, न्याय तथा संसदीय ममिलामन्त्री अजयकुमार चौरसियाले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन पीडितमैत्री बनेको बताउनुभएको छ ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले ‘बलपूर्वक बेपत्ता पारिएका पीडितहरुको अन्तर्राष्ट्रिय दिवस’का सन्दर्भमा आज यहाँ आयोजना गरिएको कार्यक्रममा मन्त्री चौरसियाले सङ्क्रमणकाली न्यायसम्बन्धी कानुनपीडितलाई न्याय दिने किसिमको भएको बताउनुभयो । ‘पीडितमैत्री कानुन बनेको छ, मानव अधिकार उल्लङ्घनका घटनामा पीडितको सहमति भए मात्रै परिपूरणमा जान सक्ने व्यवस्था गरिएको छ’ उहाँले भन्नुभयो, ‘पीडितको सहमतिमा काम अघि बढनेछ, कानुनले पीडितलाई पूर्णरुपमा न्याय गर्नेछ ।’
महान्यायाधिवक्ता रमेश बडालले सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पु-याउने उद्देश्यले नै राजनीतिक दलहरुबीच सहमति भएर दुवै सदनबाट पारित भएको प्रमाणीकरणका लागि गएको स्पष्ट पार्नुभयो । ‘सङ्क्रमणकालीन न्याय धेरै लम्ब्याउनु हुँदैन भन्ने पक्षमा राजनीतिक दल एकतावद्ध भएर उभिएको प्रष्ट देखिन्छ’ उहाँले भन्नुभयो– ‘सत्य अन्वेषण गर्ने मुख्य काम हो, त्यसका लागि कानुन पर्याप्त छ ।’ महान्यायाधिवक्ता बडालले सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पु¥याएर पीडितलाई जतिसक्दो छिटो न्याय दिनुपर्नेमा जोड दिनुभयो ।
आयोगका सचिव लोकराज पराजुलीले आयोगले गरेको कामका बारेमा जानकारी गराउँदै सत्य अनुसन्धान गरी पीडितलाई न्याय दिने विषयमै आयोगले काम गरिरहरको र आयोगमा पदाधिकारी आएपछि काम थप अघि बढ्ने विश्वास व्यक्त गनुभयो ।
कार्यक्रममा पीडितहरुले आफ्ना बेपत्ता भएका परिवारका सदस्य यतिका वर्षसम्म सम्पर्कमा नआएको हुँदा कि लाश कि श्वास खोजिदिन राज्यसँग अनुरोध गरेका थिए भने छिटो न्यायका लागि पीडितले प्रक्रियामा सहयोग गर्ने धारणा राखेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सर्वोच्चको न्यायाधीशमा तीन जना सिफारिस
- महँगोमा औषधि किन्नुपर्ने बाध्यता अन्त्य गर्न सरकार लागेको छ : स्वास्थ्यमन्त्री
- राज्य व्यवस्था समितिबाट नागरिकतासम्बन्धी विधेयक पारित
- प्रहरीले गोली चलाएर नियन्त्रणमा लियो लागूऔषध कारोबारी
- विरोधी शक्तिहरू सत्तागठबन्धनमा फाटो ल्याउने प्रयत्नमा छन् : प्रधानमन्त्री
- सुनको गहनामा लगाइएको दुई प्रतिशत विलासी करको विरोधमा प्रदर्शन
- संसदमा पेलेरै अघि बढ्ने सत्तापक्षको तयारी
- भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’
- सप्तकोशीमा बेपत्ता गोताखोरको शव भेटियो
- नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिताविरूद्ध भ्रष्टाचारको मुद्दा दायर