
काठमाडौँ । नयाँ वर्ष सन् २०२४ को अवसरमा नेपालको प्रमुख पर्यटकीय नगरी पोखरामा २५ औँ पोखरा सडक महोत्सव हुने भएको छ ।
रेष्टुराँ एण्ड बार एसोसिएसन (रेवान) पोखराको आयोजनामा पुस १२ गतेदेखि १६ गतेसम्म रजत जयन्ती महोत्सवका रुपमा २५ औँ पोखरा सडक महोत्सव हुन लागेको हो । रेवान पोखराले आज काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नरेश भट्टराईले स्थानीय उत्पादनको प्रवद्र्धनका लागि महोत्सव आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।
सडकमै खाउँ, सडकमै रमाउँ’ भन्ने नारासहित ५ दिन चल्ने महोत्सवमा विभिन्न जातजातिका सांस्कृतिक कार्यक्रम, रात्रिकालीन कन्सर्ट, बोट रेस, वेटर रेस, टग अफ वार, भलिबल प्रतियोगिता, सडक नाटकलगायतका कार्यक्रम हुनेछन्’ उहाँले भन्नुभयो ।
महोत्सवका संयोजक विश्वराज पौडेलले महोत्सव पोखराको फिस्टेल गेटदेखि गैराको चौतारा हुँदै जरेवर लेकसाइडसम्मको करिब ३ किलोमिटर क्षेत्रमा हुने जानकारी दिनुभयो । महोत्सवमा पोखरा पर्यटनको विकास प्रवद्र्धन, अवसर र चुनौतीको विषयमा केन्द्रित टक शो कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो ।
सडक महोत्सवमा जाने पर्यटकलाई बसोबासको लागि पोखराका १ हजार २सयभन्दा बढी होटलमा ४० हजार श्यया उपलब्ध रहेको रेवान पोखराले जनाएको छ । ४ देखि ५लाख आन्तरिक तथा बाह्य पर्यटकलाई महोत्सवको अवलोकन गर्ने लक्ष्यका साथ आयोजना गरिएको महोत्सवमा ७० लाख खर्च हुने आयोजक संस्थाले जनाएको छ ।
महोत्सवमा नेपालका वरिष्ठ कलाकार पशुपति शर्मा, प्रीति आले, बद्री पङ्गेनीलगायतका कलाकारले प्रस्तुति रहनेछ । महोत्सवले पर्यटकीय नगरी पोखराको अर्थतन्त्रलाई चलायमान बनाउने बताइएको छ ।
नेपाल पर्यटन वोर्डका निर्देशक मणिराज लामिछानेले नेपालको पर्यटन प्रवद्र्धनका लागि बोर्डले यस्ता सडक महोत्सवलाई सहयोग गर्दै आएको बताउनुभयो । उहाँले पोखराको सडक महोत्सवले देशव्यापी सन्देश दिने स्पष्ट पार्नुभयो ।
रेवानका केन्द्रीय अध्यक्ष अरनिको राजभण्डारीले महोत्सवले पोखराको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताउनुभयो । यसबाट विदेशी मुद्रा आर्जन गर्न सकिने भएकाले मुलुकको समग्र आर्थिक विकासमा समेत टेवा पुग्ने उहाँले उल्लेख गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- द न्यूयोर्क टाइम्सले लेख्यो पोखरा विमानस्थलमा भएको भ्रष्टाचार मुद्दा
- दिगो विकास कार्यान्वयन गर्न २११ खर्ब ६५ अर्ब आवश्यक
- मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग
- सिंहदरबार आसपास प्रहरीको ब्यारिकेड, सवारी संचालनमा पूर्ण रोक
- अध्यक्षसहितका नेताहरु पक्राउ परेपछि राप्रपाद्वारा आकस्मिक बैठक आव्हान
- राप्रपा अध्यक्ष लिङ्देनसहित शीर्ष नेताहरु सिंहदरबारबाट पक्राउ
- तनहुँमा माइक्रोबस र स्कुटर ठोक्किँदा २ जनाको मृत्यु, १४ घाइते
- ‘पूर्वराष्ट्रपति, उपराष्ट्रपतिलाई पुनःराजनीतिमा फर्कन बन्देज छैन’
- एकीकृत समाजवादीले सम्झिँदै सुखानी
- आन्दोलनका कारण सर्वसाधारणलाई सास्ती