
जाजरकोट । रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको वडा नम्बर १० स्थित च्यारीगाउँ खोला नजिक ट्रयाक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन् ।
भूकम्पपीडितका लागि अस्थायी टहरा निर्माण गर्न जस्तापाता लिएर आठबीसकोटको वडा नम्बर ८ स्थित घर्तीगाउँ जाँदै गरेकोे रा १ द १४ नम्बरको ट्रयाक्टर बुधबार राति सवा १० बजे दुर्घटना भएको हो ।
दुर्घटनामा आठबीसकोट–१० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही, उनकी पत्नी ४२ वर्षीया चुकीको मृत्यु भएको प्रहरी निरीक्षक नवीन मरासिनीले जानकारी दिनुभएको छ । प्रहरी निरीक्षक मरासिनीका अनुसार दुर्घटनामा आठबीसकोट–१० स्थित डाँडा भन्ने स्थानका ४८ वर्षीय धनराम सार्की, ५२ वर्षीय भर्दर सार्की र ४७ वर्षीया निर्मला सार्कीको पनि मृत्यु भएको छ ।
दुर्घटनामा आठबीसकोट–८ का ४१ वर्षीय खड्कबहादुर पुन, आठबीसकोट–१० का ३८ वर्षीय रमेश सार्की, आठबीसकोट–८ का १४ वर्षीय दलबहादुर पुन, ५६ वर्षीय कुमार घर्ती, ३४ वर्षीया रमा गुरुङ, ५१ वर्षीय जगवीर सार्की, ३६ वर्षीय जयबहादुर घर्ती, ५८ वर्षीय मने सार्की र ४२ वर्षीय मदन पुन घाइते भएका छन् । घाइतेको नगर अस्पतालमा उपचार भइरहेको छ ।
ट्रयाक्टर चालक आठबीसकोट–९ का २१ वर्षीय गोपाल विक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना
- पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी
- सर्वोच्चको न्यायाधीशमा तीन जना सिफारिस
- महँगोमा औषधि किन्नुपर्ने बाध्यता अन्त्य गर्न सरकार लागेको छ : स्वास्थ्यमन्त्री
- राज्य व्यवस्था समितिबाट नागरिकतासम्बन्धी विधेयक पारित
- प्रहरीले गोली चलाएर नियन्त्रणमा लियो लागूऔषध कारोबारी
- विरोधी शक्तिहरू सत्तागठबन्धनमा फाटो ल्याउने प्रयत्नमा छन् : प्रधानमन्त्री
- सुनको गहनामा लगाइएको दुई प्रतिशत विलासी करको विरोधमा प्रदर्शन
- संसदमा पेलेरै अघि बढ्ने सत्तापक्षको तयारी
- भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’