
काठमाडौँ । ललितपुर महानगरपालिकाले १०५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहबीच नोकझोक भएको छ ।
प्रमुख अतिथिको रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्तव्य राख्नुभन्दा पहिला काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले आफुले गरेको काममा प्रदेश र संघ सरकारले भाँजो हालेको भन्दै आक्रोश पोख्नुभएको थियो । पाँच मिनेटदेखि एक घण्टामा हुने काममा पनि प्रदेश र संघीय सरकारले सहयोग नरेको भन्दै प्रधानमन्त्रीसँग आक्रोश पोखेर उहाँ मञ्चबाट हिँड्नु भएको थियो ।
बालेन हिडेको केहि समय पछि प्रधानमन्त्री प्रचण्डको बोल्ने पालोआयो । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले बालेनको व्यवहारप्रति रुष्ट हुँदै उहाँको व्यवहारले आफूलाई इरिटेसन भएको अभिव्यक्ति दिनुभयो ।
आफूमाथि आरोप लगाउने अनि प्रमुख अतिथिले बोलेको सुन्दै नसुनि हिँडेको भन्दै प्रधानमन्त्री प्रचण्ड झोक्किनु भएको थियो । प्रधानमन्त्रीले यस्तो आक्रोश पोखिँरहँदा मञ्चमा आसिन अन्य अतिथि र सहभागीहरू मज्जाले हाँसेका थिए । खासमा मेयर बालेनले मञ्चबाट पाँचदेखि एक घण्टामा हुने काम पनि सरकारले नगरेर अल्झाएको आरोप लगाएपछि प्रधानमन्त्री प्रचण्ड बालेनसंग रुष्ट बन्नुभएको थियो ।
‘बालेन्द्रजी हिँडिहाल्नुभयो । मलाई फेरि पहिला बोलेर हिँडिहाल्नेसँग पनि अलिअलि इरिटेसन हुन्छ । आफूले जे–जे भन्नु छ भनिहाल्ने अनि त्यसको जवाफ सुन्नका लागि बस्दै नबस्ने हुनुहुँदैन । बस्नुपर्छ प्रमुख अतिथिले बोल्ने बेलासम्म’, बालेनसँग झोक्किँदैन प्रचण्डले भन्नुभयो, ‘उहाँले भन्नुभयो, यहाँबाट निस्कने वित्तिकै हुन्छ । बालेन्द्रजी चाहे तपाईंले बागमतीको किनारमा बसेकामथि हस्तक्षेपको कुरा होस् वा तीनकुनेको मुआब्जाको विषय होस्, चाहे काठमाडौँ उपत्यकाभित्र फोहोर व्यवस्थापनका लागि मिलेर काम गर्ने सम्बन्धमा सिंहदरबारमा कति पटक बैठक भयो रु के अहिलेको प्रधानमन्त्रीको जत्तिको सकारात्मक, रचनात्मक रुपले समस्या समाधान गर्न समन्वय गरेको अन्य कोही कतै देख्नुभएको छ रु’
तपाईँ काठमाडौं महानगरपालिकाको मेयर भएका नाताले काठमाडौँ र ललितपुरका अन्य पालिकाकासँग समन्वय गर्न बढी जिम्मेवारी छ । म तपाईंलाई सहयोग गर्छु भनेर गरेका कुरा रिकजनाइज गर्न केले रोक्यो रु प्रधानमन्त्रीले बल गरिराखेको छ भन्न केले रोक्यो रु यतिको प्रधानमन्त्री पाउन अरु पाउन सक्नुहुन्छ रु मैले गरेको कामको रिकजनाइज गर्न तपाईँलाई केले रोक्यो रु’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- द न्यूयोर्क टाइम्सले लेख्यो पोखरा विमानस्थलमा भएको भ्रष्टाचार मुद्दा
- दिगो विकास कार्यान्वयन गर्न २११ खर्ब ६५ अर्ब आवश्यक
- मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग
- सिंहदरबार आसपास प्रहरीको ब्यारिकेड, सवारी संचालनमा पूर्ण रोक
- अध्यक्षसहितका नेताहरु पक्राउ परेपछि राप्रपाद्वारा आकस्मिक बैठक आव्हान
- राप्रपा अध्यक्ष लिङ्देनसहित शीर्ष नेताहरु सिंहदरबारबाट पक्राउ
- तनहुँमा माइक्रोबस र स्कुटर ठोक्किँदा २ जनाको मृत्यु, १४ घाइते
- ‘पूर्वराष्ट्रपति, उपराष्ट्रपतिलाई पुनःराजनीतिमा फर्कन बन्देज छैन’
- एकीकृत समाजवादीले सम्झिँदै सुखानी
- आन्दोलनका कारण सर्वसाधारणलाई सास्ती