
काठमाडौँ । आज तराई क्षेत्रमा होली पर्व मनाइँदैछ । ‘जोगिरा सररर...’ लगायतका गीतमा नाचगान गर्दै, रङ खेलेर होली मनाउने गरिन्छ ।
सप्तरीका राजनीतिककर्मी शङ्कर झाका अनुसार आज जनकपुर बाहेक मधेसका थुप्रै स्थानमा होली मनाउने गरिएको छ । होली पर्व जनकपुरमा भने मङ्गलबार मनाउने उहाँको भनाइ छ । “मधेसमा होली पर्व विशेष रुपले लिइन्छ”, उहाँले भन्नुभयो ।
होली मनाउने अघिल्लो दिन ‘होलीका’ दोहन गरिन्छ । आज बिहानै खीर, मालपुवा, दालको पुरी, फलफुल बनाएर कुलपुजा गर्ने चलन छ । ठूलाबढाको हातबाट अविर लगाएर होली पर्व मनाउन थालिने मधेसको परम्परा छ । झाका अनुसार पहाडमा भन्दा मधेसमा होली केही भिन्न छ । गाउँमा समूह बनाएर होरी गीत गाएर नाचगान गर्ने चलन छ । झा भन्नुहुन्छ– ‘जोगिरा सररर... बोलको गीत मधेसमा निकै चर्चित छ ।
राधा-कृष्ण र शिव-पार्वतीको प्रेम प्रसङ्गमा गाउने गीत पछिल्लो समय युवा पुस्ताले आफ्नै शैलीमा पस्किन थालेको उहाँले सुनाउनुभयो । संस्कृतविद् धिरेन्द्र प्रेमर्षिले मधेसको होलीमा भाइचारा र आत्मियता अधिक हुने गरेको बताउनुभयो । ‘ठूला साना सबैको सम्मानपूर्वक व्यवहारसहित होली खेलिन्छ’ उहाँ भन्नुहुन्छ– ‘नया पुस्ताले त्यही संस्कार सिको गर्दै आएका छन् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सङ्घीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- एसिसी यू–१६ : नेपालको लगातार तेस्रो जित, इन्डोनेसिया ३७० रनले पराजित
- दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै