
भक्तपुर । मध्यपुरथिमिमा लोपोन्मुख बाजा नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले नौ बाजा सम्मेलन गरिएको छ । होलीका अवसरमा यहाँ आयोजना गरिएको नौ बाजा सम्मेलन आज सम्पन्न भएको हो ।
केन्द्रीय मानन्धर सङ्घले होलीका अवसरमा लोपोन्मुख बाजा संरक्षण अभियानअन्तर्गत काठमाडौँ महानगरपालिकासँगको साझेदारीमा मध्यपुरथिमिको क्वलाखु क्षेत्रमा बाजा सम्मेलन आयोजना गरेको थियो । परम्परागत नौ वटा मौलिक बाजा तथा सहायक बाजाका रुपमा विभिन्न जात्रा, पर्व परम्परामा बजाइने भएकाले संरक्षणमा लागिएको सङ्घले जनाएको छ ।
बौद्धमार्गी नेवारहरुले संरक्षण गरेको नौ बाजालाई सिद्धार्थ गौतमबुद्धको तत्कालीन समयमा कपिलवस्तुमा राजकीय बाजाको मान्यता पाएको विश्वास रहेको छ । श्रृङ्गभेरी उपदानको कथा र स्वयम्भू पुराणमा उल्लेख भएको नौ बाजा पछिल्लो समयमा लोप हुने अवस्थामा छन् ।
सङ्घले पहिलो पटक नेकू, पस्ताः, धाः, चति, डबडब, नगरा, खिं, पच्छिमा, प्वङा, ताः, भुस्या, छुस्या, पस्ता, नाय्खिं, धिमेचा, बे लगायतका बाजालाई पृथक ताल र बोलमा प्रदर्शन गरेको छ ।
सम्मेलनमा भक्तपुरको साःक्वलान, गोलमढी र तेखाच्व टोल, बनेपाको वांख्यो र क्वसाः दाफा भजन खलः तथा मध्यपुर थिमिको सिवा सायमि खलःले नौ बाजा प्रदर्शन गरिएको थियो । बाजा प्रदर्शनको संयोजक सुरेन्द्र मानन्धर र गजेन्द्र प्रसाद मानन्धरले गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बाथरुममा लडेर प्रचण्ड घाइते
- भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल