
काभ्रेपलाञ्चोक । प्रहरीले काभ्रेपलाञ्चोकको काभ्रेभन्ज्याङ चेक पोष्टबाट अवैध रुपमा ल्याइएको १६ टनभन्दा बढी प्याज बरामद भएको छ । बिपी राजमार्ग अन्तर्गत धुलिखेल नगरपालिका–९ काभ्रेभन्ज्याङमा सवारीसाधन जाँच गर्ने क्रममा चार सय एक बोरा प्याज बरामद भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।
बिपी राजमार्ग हुँदै पूर्वबाट मध्यपहाडी राजमार्ग र बिपी राजमार्गबाट आएका सवारीसाधनहरु चेकजाँच गर्ने क्रममा पुरानो बिलसहित अवैध रुपमा ल्याइएको सातवटा गाडीमा ४ सय १ बोरा (प्रतिबोरा ४० किलोको दरले १६ हजार ४० किलो) प्याज बरामद गरिएको हो ।
प्रहरीका अनुसार ना ५ च २३६१ नं.को बोलेरो गाडीबाट ४० किलोको ६० बोरा, म.प्र. ०२–००१ च. १०९० नं.को बोलेरोबाट ५५ बोरा, ज१च १६६७ नं.को बोलेरोबाट ६० बोरा, प्र.१–०१–००१ च. ८५५९ नं.को योद्धा गाडीबाट ६२ बोरा, प्र.२–०४–००१ च २५२३ नं. को योद्धा बाट ५० बोरा, प्र २–०४–००१ च. ००३८ नं.को योद्धाबाट ५७ बोरा र प्र २–०४–००१ च ००८९ नं.को योद्धाबाट ५७ बोरा गरी ४ सय १ बोरा प्याज बरामद गरिएको हो ।
बरामद प्याज राजस्व अनुसन्धान विभाग पठाइएको प्रहरीले जनाएको छ ।
(रासस)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश