
काठमाडौँ । पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेको ७ महिनापछि थुनामुक्त हुनुभएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा गएको वैशाख २७ गते काठमाडौँको मनमैजुस्थित निवासबाट पक्राउ पर्नुभएका पूर्वमन्त्री खाँण उच्च अदालतको आदेश अनुसार ३० लाख रुपैयाँ धरौटी बुझाएर शुक्रबार थुनामुक्त हुनुभएको हो ।
अदालतको आदेशपछि पूर्वमन्त्री खाँणलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साधारण तारेखमा छाडेको छ ।पूर्वमन्त्री खाँणलाई तारेखमा छाड्ने निर्णय भएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश