
काठमाडौँ । नेपाल, नेदरल्यान्ड्स र नामिबिया सम्मिलित त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० श्रृंखलाको पाँचौ खेलमा नेपाल ६ विकेटले विजयी भएको छ । यो जितसंगै नेपालले श्रृंखलाको फाइनलमा पुग्ने सम्भावना बलियो भएको छ । जितका लागि १ सय २१ रनको मध्यम लक्ष्य पाएको नेपालले १५.२ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पूरा गर्यो ।
नेपालको जितमा कप्तान रोहितकुमार पौडेल र गुल्शन झाले सानदार प्रदर्शन गरे। रोहितले ३४ बलमा तीन चौका र एक छक्कासहित ४६ रन बनाए। गुल्शनले ३६ बलमा दुई चौका र एक छक्कासहित ३८ रनको योगदान गरे। यसअघि ओपनर कुशल भुर्तेलले आठ बलमा १२ तथा आसिफ शेखले आठ रन बनाए।
२.५ ओभरमा २७–२ मा रहेको नेपाललाई गुल्शन र रोहितले उकासेका हुन्। रोहित र गुल्शनबीच तेस्रो विकेटको लागि ८६ रनको बलियो साझेदारी भएको थियो। नेदरल्यान्ड्सका भिभिअन किङ्माले तीन विकेट लिए।
यसअघि खचाखच दर्शकले भरिएको कीर्तिपुर मैदानमा नेपालका बलर हाबी भएपछि नेदरल्यान्ड्सका कुनै पनि ब्याटरले ठूलो स्कोर बनाउन सकेनन्। युवा बलर प्रतिश जिसीले सर्वाधिक तीन विकेट लिए। बायाँ हाते बलर प्रतिशले चार ओभरमा एक मेडनसहित जम्मा १३ रन खर्चिएका थिए।
कुशल मल्लले चार ओभरमा १८ रन सहित दुई विकेट लिए। करण केसीले तीन ओभरमा १८ रनसहित दुई विकेट हात पार्दा दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए। सोमपाल कामी र अभिनाश बोहरा तीन ओभर बलिङ गर्दा विकेटविहिन भए।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९.३ ओभरमा सवै विकेटको क्षतिमा १ सय २० रन बनाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग