+

गृहमन्त्री लेखकद्वारा बैतडीको शान्ति सुरक्षाबारे जानकारी

बैतडी । गृहमन्त्री रमेश लेखकले बैतडीको शान्ति सुरक्षाका बारेमा जानकारी लिनुभएको छ । आज बिहान खोड्पे प्रहरी चौकीको निरीक्षण गर्दै उहाँले जिल्लाको शान्ति सुरक्षाका बारेमा जानकारी लिनुभएको हो ।

गृहमन्त्री लेखकले जिल्लाको समग्र शान्तिसुरक्षाका बारेमा जानकारी लिनुका साथै आवश्यक निर्देशन दिनुभएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभयो । उहाँले भन्नुभयो– ‘खोड्पे प्रहरी चौकीको निरीक्षणका क्रममा गृहमन्त्रीज्यूले जिल्लाको समग्र शान्तिसुरक्षा र विपद्को विषय जानकारी लिनुभयो, साथै आवश्यक निर्देशन समेत दिएर जानुभयो ।’

शान्तिसुरक्षा, विपद् व्यवस्थापन, लागुऔषध नियन्त्रण लगायत विषयमा गृहमन्त्री लेखकले निर्देशन दिनुभएको हो । गृहमन्त्री लेखक बैतडीपश्चात् बझाङका लागि प्रस्थान गर्नुभएको छ । 

बझाङमा भूकम्पबाट पीडितका लागि आवास पुनर्निर्माणका लागि अस्थायी कार्यालय स्थापना गर्ने कार्यक्रम रहेको गृहमन्त्री लेखकका स्वकीय सचिव जनकराज भट्टले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै