+

पाँच अध्यादेश प्रतिनिधिसभाबाट पारित, भूमि ऐन अड्कियो

काठमाडौँ । सरकारले ल्याएको विभिन्न ६ अध्यादेश मध्ये ५ वटा प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिपक्षले चर्को विरोध गर्दै आएको भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश गएको माघ २ गते  जारी गरिएको भूमि  अध्यादेश  ‘होल्ड’ गरेर बाँकी अध्यादेश प्रतिनिधिसभाबाट बहुमतले स्वीकृत भएको हो ।  


सरकारले पुस १४ गते हकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेको थियो । त्यस्तै पुस २९ गते सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश जारी भएको थियो ।

त्यही दिन निजीकरण (पहिलो संशोधन) अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी भएको थियो ।

यी अध्यादेश बुधबार प्रतिनिधिसभाबाट स्वीकृत भएको छ । यी अध्यादेश अब राष्ट्रियसभाबाट समेत स्वीकृत भए सरकारलाई प्रतिस्थापन विधेयक ल्याउने बाटो खुल्नेछ । 



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै