
गुल्मी । रेसुङ्गा नगरपालिका–१३ अन्तर्गत भँगारीमा ६ लाख ६० हजार रुपैयाँँ मूल्य बराबरका स्थानीय जातका कुखुरा वितरण गरिएको छ ।
यहाँस्थित भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पोषण सुधारका लागि ग्रामीण कुखुरापालन कार्यक्रमअन्तर्गत भँगारीका कृषकलाई कुखुरा वितरण गरिएको हो ।
ग्रामीण क्षेत्रमा स्थानीयलाई रोजगारी सिर्जना गर्ने, पोषणमा सुधार ल्याउने र पर्यटन प्रवर्द्धनसँगै रेसुङ्गा होमस्टेमा आउने पाहुनालाई स्थानीय स्वाद चखाउने उद्देश्यले स्थानीय जातका कुखुरा वितरण गरिएको पशु सेवा विज्ञ केन्द्रका प्रमुख वरिष्ठ पशु विकास अधिकृत हुमकान्त पाण्डेले जानकारी दिनुभयो ।
रेसुङ्गा नगरपालिकाका उपप्रमुख अमृतादेवी कुँवरले यस कार्यक्रमबाट ग्रामीण क्षेत्रका महिलालाई जीविकोपार्जनकासँगै आयआर्जन बढाउन तथा पोषणमा सुधार ल्याउन महत्वपूर्ण सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयोे ।
कार्यक्रममा नगर उपप्रमुख कुँवरसँगै वडाध्यक्ष हुमबहादुर बस्नेत, वडासदस्य यज्ञमूर्ति थापा श्रीस, कमला धुरेललगायतले स्थानीयलाई निःशुल्क रूपमा कार्यालयको तर्फबाट वितरण गरिएका कुखुरा हस्तान्तरण गर्नुभएको थियो ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रद्वारा प्रदेश सरकारको स्वामित्वमा रहेको कुखुरा विकास फार्म नेपालगञ्जबाट कुखुरा ल्याइएको हो । किसानलाई कुखुरासहित औषधि तथा आवश्यक भिटामिनका साथै दाना र पानी खुवाउने भाँडा उपलब्ध गराइएको थियो । रेसुङ्गा होमस्टेमा रहेका २५ जना किसानका लागि प्रतिघर ५०÷५० का दरले एक हजार दुई सय ५० कुखुरा वितरण गरिएको हो ।
सदरमुकाम तम्घास नजिकै रहेको रेसुङ्गा होमस्टेमा आन्तरिक एवं बाह्य पर्यटकलाई भित्र्याई जिल्लामा पर्यटन प्रवर्द्धन गर्नका लागि उक्त कार्यक्रम थप प्रभावकारी हुने नगर उपप्रमुख कुँवरले बताउनुभयो ।
होमस्टेमा पर्यटकले रैथाने खानाका परिकारसँगै जुनसुकै समयमा पनि स्थानीय जातका कुखुराको अर्गानिक स्वाद चाख्न पाउने भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आवासीय चिकित्सकद्वारा सबै अस्पतालका ओपिडी सेवा ठप्प
- आमाको मृत्यु, शल्यक्रिया गरेर निकालिएको शिशुको अवस्था सामान्य
- सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध
- सरकार परिवर्तनका हल्ला मनोरञ्जनका लागि मात्रै : परराष्ट्रमन्त्री राणा
- संसदमा देउवा र प्रचण्ड अनुपस्थित हुनेभएपछि ओलीको सम्बोधन स्थगित
- २४ औँ दिन पनि शिक्षकहरुको प्रदर्शन निरन्तर
- विनाशकारी भूकम्पको दशक : भत्किएका संरचना अझै अधुरा
- आज भूकम्प स्मृति दिवस
- संसद्को अधिवेशन आजदेखि, प्रधानमन्त्रीले सम्बोधन गर्ने
- तराईमा तातो हावा , तीन प्रदेशमा वर्षाको सम्भावना