
पर्सा । चालु आर्थिक वर्षको ६ महिनामा पेट्रोलियम पदार्थबाट करिब ३७ अर्ब रुपैयाँ राजस्व उठेको छ ।
चालु आर्थिक वर्षको ६ महिनामा वीरगञ्जबाट ८७ अर्ब ३२ करोड ३९ लाख ४० हजार बराबरको डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएशन टर्बाइन फ्युल (एटिएफ) र
मट्टितेल आयात भएको छ । उल्लेखित परिणामको पेट्रोलियम पदार्थ आयात हुँदा त्यसबाट ३६ अर्ब ९६ करोड ३६ लाख २४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।
गत आवको त्यही अवधिको तुलनामा चालु आवको छ महिनामा पेट्रोलियम पदार्थ आयातबाट चार अर्ब बढी राजस्व सङ्कलन भएको छ । चालु आवको ६ महिनामा ४२ अर्ब २४ करोड बराबरको ४ लाख ७९ हजार ७ सय ९९ किलोलिटर डिजेल आयातबाट १८ अर्ब ९८ करोड रुपैयाँ राजस्व सङ्कलन भएको भन्सार कार्यालयले उल्लेख गरेको छ ।
चालु आवको ६ महिनामा २ लाख २० हजार तीन सय ८५ किलोलिटर आयात भएको पेट्रोलबाट १२ अर्ब ४७ करोड रुपैयाँ राजस्व दाखिला भएको छ ।
चालु आवको ६ महिनामा ८ अर्ब ९ करोड बराबरको ८९ हजार तीन सय ८० किलोलिटर (एटिएफ) आयातबाट १ अर्ब एक करोड तथा ३६ करोड २० लाख रुपैया बराबरको चार हजार २० किलोलिटर मट्टितेल आयातबाट १० करोड रुपैयाँ राजस्व सङ्कलन भएको जनाइएको छ ।
आव २०८०/८१ को ६ महिनामा ८८ अर्ब ७८ करोड रुपैयाँ बराबरका पाँच थरिका पेट्रोलियम पदार्थ आयात भएको थियो । गत आवको त्यही अवधिमा पेट्रोलियम पदार्थको आयातबाट ३२ अर्ब ९५ करोड ४१ लख ४६ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो