
कास्की । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा सामूहिक प्रयास आवश्यक भएको बताउनुभएको छ ।
मुख्यमन्त्री पाण्डेले कान्तिपुर मिडिया ग्रुपले आज पोखरामा आयोजना गरेको ‘गन्तव्य गण्डकी’ कार्यक्रमको उद्घाटन गर्दै प्रदेश सरकारले मात्र चाहेर विमानस्थलबाट नियमित उडान हुन नसक्ने भएकाले सङ्घ र प्रदेश सरकारको सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गर्नुभयो ।
‘पर्यटन प्रवर्द्धन सरकारको पहिलो प्राथमिकताको क्षेत्र हो’ उहाँले भन्नुभयो– ‘भौगोलिक अवस्थाका कारण सबैतिर सुविधासम्पन्न सडक पुयाउनु चुनौतीपूर्ण छ, मौसम व्यवस्थापनका कारणले समयमा यात्रु गन्तव्यमा जान सकिरहनुभएको छैन । अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्नु चुनौतीपूर्ण बनेको छ । सङ्घ र प्रदेश सरकारसँगको समन्वयमा यथाशीघ्र विमानस्थल सञ्चालन गरेर अन्तर्राष्ट्रिय पर्यटकलाई सुविधाजनक कनेक्टिभिटीको सुविधा पुर्याउने पहल गरिरहेका छौँ ।’
्पोखरा र समग्र गण्डकी प्रदेश पर्यटकीय सम्भावनाको क्षेत्र रहेको बताउँदै मुख्यमन्त्री पाण्डेले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेपछि पोखरासहित गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धन हुँदै गएको बताउनुभयो । उहाँले यहाँका पर्यटकीय क्षेत्र पहिचान गर्दै सम्भावना अभिवृद्धि गर्ने कार्यमा प्रदेश सरकार निरन्तर लागिरहेको उल्लेख गर्नुभयो ।
‘पोखरा र गण्डकी प्रदेशमा बढी विदेशी पर्यटकको आगमन हुन्छ । यसलाई अझ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारीकरण गर्ने र बढीभन्दा बढी विश्वका पर्यटकलाई प्रदेशमा भित्र्याउने योजना छ’ मुख्यमन्त्री पाण्डेले भन्नुभयो । पर्यटकको सङ्ख्याभन्दा पनि पर्यटकबाट हुने आम्दानी महत्वपूर्ण रहेको उहाँले बताउनुभयो ।
गण्डकीका मुक्तिनाथ, मनकामना, त्रिवेणीधाम लगायत धार्मिकस्थलको प्रवर्द्धन गर्दै धार्मिक पर्यटक भित्र्याउन र नयाँ धार्मिक पर्यटकीय क्षेत्रको पहिचानका लागि काम गरिने मुख्यमन्त्री पाण्डेले जानकारी दिनुभयो ।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलास सिरोहियाले गण्डकी प्रदेशको सम्भावना, समस्या र समाधानका उपायहरूको खोजी गर्ने उद्देश्यले ‘गन्तव्य गण्डकी’ कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । उहाँले प्रदेशको विकासका लागि योजनाबद्ध र सामूहिक प्रयास आवश्यक रहेकामा जोड दिनुभयो ।
कार्यक्रममा राजनीति र पर्यटन नीति, साहसिक यात्रा, स्वप्निल गन्तव्य, शिक्षा, स्वास्थ्य र रोजगार तथा सङ्घीयताका विषयमा विषय विज्ञहरूका बीचमा बहसमूलक छलफल हुने आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो