
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भूकम्पबाट क्षति भएका सांस्कृतिक सम्पदाको संरक्षण र पुनर्निर्माण कार्यलाई तीव्रता दिएको छ ।
चालु आर्थिक वर्षमा भूकम्पबाट क्षति भएका २५ वटा सांस्कृतिक सम्पदाको संरक्षण तथा पुनर्निर्माण कार्य गर्ने भनिएकोमा पुस मसान्तसम्मा २७ वटाको पुनर्निर्माण कार्य सम्पन्न गरेको मन्त्रालयले जनाएको छ ।
धादिङ, रसुवा, सिन्धुपाल्चोक र दोलखा लगायतका जिल्लामा गत आवमा सञ्चालित २४ गुम्बा पुनर्निर्माण कार्य सम्पन्न गर्नुपर्नेम १३ वटा सम्पन्न भएको र पुरातात्विकस्थल संरक्षण आयोजनाअन्तर्गत निरन्तर कार्य भइरहेकामध्ये आव २०८०/०८१ मा ४० वटा सम्पदाको संरक्षण कार्य गर्नुपर्नेमा हालसम्म २० सम्पन्न भएको सहसचिव रामकृष्ण लामिछानेले जानकारी दिनुभयो ।
त्यसैगरी मन्त्रालयले चालु आवको नीति तथा कार्यक्रम र बजेटअनुसार पर्यापर्यटन प्रवद्र्धनका लागि टाकुरा पर्यटकीय गन्तव्य तथा मनोरञ्जन पूर्वाधारसहितका ‘इको हिल स्टेसन’ निर्माणको लागि अवधारणा पत्र तयार भई स्थान छनोटको प्रक्रियालाई अगाडि बढाएको छ ।
सहसचिव लामिछानेका अनुसार मन्त्रालयले वायुसेवा कम्पनीको सुरक्षा मापदण्ड परिचालनसम्बन्धी अनुगमन सम्बन्धमा हालसम्म तीन वटा कम्पनीको अनुगमन गरिसकेको छ । चालु आवको ५० हजारमध्ये १० हजार पाना अभिलेखको सङ्कलन, सूचीकरण तथा वैज्ञानिक प्रविधिबाट रासायनिक तथा भौतिक संरक्षण एवं व्यवस्थापन मन्त्रालयले गरेको छ । त्यसैगरी सिम्रौनगढ क्षेत्रमा रहेका सम्पदाको संरक्षण कार्यत्रलाई निरन्तरता दिने क्रममा मन्त्रालयले बोलपत्रको सूचना प्रकाशन गरी बोलपत्रको मूल्याङ्कन गरी कार्यादेश प्रदान गरेको छ ।
‘चालु आवअन्तर्गत लुम्बिनी गुरुयोजनाको पूर्वी विहार क्षेत्रमा सडक सञ्जाल तथा सम्बन्धित निर्माण कार्य ६८ प्रतिशत सम्पन्न भएको छ र लुम्बिनी गुरुयोजनाको सांस्कृतिक केन्द्रमा सडक सञ्जाल तथा सम्बन्धित निर्माण कार्य र गुरुयोजना क्षेत्रमा विद्युतीकरण गर्ने कार्य ८४ प्रतिशत सम्पन्न भएको छ? सहसचिव लामिछानेले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश