
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेलाई कारबाही गर्ने निर्णय गरेको छ। क्यानको आचारसंहिताविरूद्ध सामाजिक सञ्जाल फेसबुकमा लेखेको भन्दै क्यानले लामिछानेलाई तीन डिमेरिट अंक दिने निर्णय गरेको छ।
यो कारबाहीपछि लामिछानेलाई क्यानले आयोजना गर्ने प्रतियोगितामा एक खेल प्रतिबन्ध हुनेछ ।
‘म्याच रेफ्री र टेक्निकल कमिटीको निर्णयअनुसार लामिछानेलाई कारबाही गरिएको क्यानले जनाएको छ । क्यानको आचार संहिताको २.७ को उल्लङ्घन गरेको पाइएकाले तीन डिमेरिट अंक दिने निर्णय गरिएको क्यानले जनाएको छ ।
क्यानले अब आयोजना गर्ने जुनसुकै प्रतियोगिताको एक खेल सन्दीपले खेल्न पाउने छैनन्।
सन्दीपले माघ पहिलो साता सकिएको जय ट्रफी एलिट कपमा अम्पायरको निर्णयमा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमा स्टाटस लेखेको बिषयमा क्यानले छानविन गरी कारवाही गरेको हो ।
सन्दीपले पुस २५ गते त्रिभुवन आर्मी क्लबविरूद्ध भएको खेलको विषयमा अम्पायरले गतल निर्णय गरेको भन्दै सामाजिक सञ्जालमा लेखेका थिए।
उनले नेपालमा अम्पायरको स्तर सुधार हुन नसकेको, अम्पायरको विषयमा कदन नचालिए गलत निर्णय हुने र खेलाडीहरु पीडित बन्ने भन्दै स्टाटस लेखेको थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश