
काठमाडौँ । धरानमा खानेपानी माग गर्दै रित्तो गाग्री बोकेर काठमाडौँ आउनुभएका धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङ रित्तो गाग्री विनानै खानेपानी मन्त्रालय पुग्नुभएको छ ।
रित्तो गाग्रीसहित सिंहदरबार छिर्ने उहाँले तयारी गरेको भए पनि मेयर सम्पाङ गाग्रीविनै खानेपानी मन्त्रालय पुग्नुभएको हो ।
गाग्रीसहित सिंहदरवार प्रवेश गर्न नपाइने भन्दै उहाँले ल्याएको गाग्री सुरक्षाकर्मीले गेटमै खोसेका थिए । उहाँ संघीय सरकारले धरानको खानेपानी समस्या समाधान नगरेकाले दबाब दिन भन्दै रित्तो गाग्री बोकेर सोमबार काठमाडौँ आउनुभएको थियो ।
उहाँले यसअघि धरानको भानुचोकमा पनि रितो गाग्री बोकेर प्रदर्शन गर्नुभएको थियो । उहाँले आजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेट्ने कार्यक्रम रहेको छ ।
धरानमा पानी सधैंको चुनावी एजेण्डा भए पनि समस्या उस्तै छ । हर्कले पनि चुनावी मुद्दा खानेपानीलाई नै बनाउनुभएको थियो । धरानमा ४१ वर्षसम्म पानी वितरण गरिरहेको खानेपानी संस्थान विघटन गरेर २०७७ फागुनमा खानेपानी व्यवस्थापन बोर्ड गठन गरियो तर पानीको अभाव उस्तै छ ।
खानेपानीको अभाव झेल्दै आएको धरानमा पानीको निहुँमा निकै ठूला विवाद मच्चिने गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश