
काठमाडौँ । सुनचाँदीको मूल्य अघिल्लो कारोबारको तुलनामा आज बढेको छ ।
सुनको मूल्य मंगलबार प्रतितोला १ हजार १ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ५७ हजारमा खरिदबिक्री भएको प्रतितोला सुन आज १ लाख ५८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपालमा पनि त्यसको प्रभाव परेको हो । अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस २४ दशमलव ५६ अमेरिकी डलर बढेर २ हजार ७ सय २७ दशमलव ७६ अमेरिकी डलर कायम भएको छ ।
आज चाँदीको मूल्य समेत प्रतितोला १५ रुपैयाले बढेको छ । सोमबार प्रतितोला १ हजार ८ सय ६० रुपैयाँमा खरिदबिक्री भएकामा आज १ हजार ८ सय ७५ रुपैयाँ मा किनबेच भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल
- मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ स्थगित
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री