+

राष्ट्रपतिद्वारा माघ १८ गते संसद् अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले  माघ १८ गते  शुक्रबार सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।


राष्ट्रपतिले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा माघ १८ गते शुक्रबार सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो । 

राष्ट्रपतिले मन्त्रिपरिषद्को  माघ ७ गतेको सिफारिसमा माघ १८ गते शुक्रबार  दिउँसो १ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँवानेश्वरमा  दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको शीतल निवासले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै