
काठमाडौँ । समाजवादी प्रेस सङ्गठनका वरिष्ठ उपाध्यक्ष नवराज छत्कुलीलाई सङ्गठनको कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको छ । सङ्गठनको आज बसेको पदाधिकारी बैठकले छत्कुलीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेको हो ।
पार्टी उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वाला, पोलिटब्यूरो सदस्य तथा विभाग उपप्रमुख दामोदर अर्याल, केन्द्रीय सदस्य चमिना भट्टराई, सङ्गठनका संस्थापक अध्यक्ष शम्भु श्रेष्ठलगायतको उपस्थितिमा बैठक सम्पन्न भएको हो ।
उक्त बैठकले सङ्गठनका अध्यक्ष विश्वमणि सुवेदी, महासचिव रामकुमार एलन, सचिव नेपोलियन चेपाङ, कोषाध्यक्ष कृपा भण्डारीलाई यही माघ ४ गते गरेको कारबाहीलाई अनुमोदन गरेको छ ।
बैठकले आगामी फागुन ६ र ७ गते सङ्गठनको केन्द्रीय कमिटी बैठकका साथै राष्ट्रिय भेलाको आह्वान गरेको छ । बैठकमा पार्टी केन्द्रीय प्रचार विभाग प्रमुख ज्वालाले पत्रकारका हक अधिकार संरक्षण गर्न सङ्गठनलाई थप गतिशील बनाउन आवश्यक रहेको बताउँदै देशभर सङ्गठन सुदृढीकरण गरी पत्रकारिताको तालिम सञ्चालन गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश