
चितवन । आन्तरिक राजस्व कार्यालय चितवनले बक्यौता कर उठाउन घरघरमा पत्राचार गर्न थालेको छ ।
लामो समयदेखि मूल्य अभिवृद्धि कर ९भ्याट० र आय कर नबुझाएका करदाताको घरमा नै पत्र पठाउन थालेको हो ।
कार्यालयमा ७० हजार करदाता छन् । तीमध्ये १० हजार भ्याटका हुन् । कूल करदातामध्ये ४० प्रतिशतले आय विवरण बुझाएका छैनन् । कार्यालयका प्रमुख पुण्यविक्रम खड्काका अनुसार चार महिनाभन्दा बढी समयदेखि कर नबुझाएकालाई पहिलो चरणमा पत्राचार गर्न थालिएको छ ।
कार्यालयले बक्यौता उठाउन र चुहावट नियन्त्रण गर्न अभियान नै सुरू गरेको छ । लामो समयदेखि बक्यौता नतिरेका र बैंक खाता रोक्का भएका करदाताको सम्पत्ति रोक्काका लागि प्रक्रिया अगाडि बढाइएको छ ।
कार्यालय प्रमुख खड्काका अनुसार भूमि व्यवस्थापन तथा अभिलेख विभागमा कर नतिर्नेको तीन पुस्ते विवरण पठाएर उनीहरूको घरजग्गाको विवरण मगाइएको छ । १० लाखदेखि १४ करोड रुपैयाँसम्म बक्यौता तिर्न बाँकी रहेका दुई सय करदाता कार्यालय मातहत रहेका छन् । ती करदाताबाट दुई अर्ब ४७ करोड रुपैया असुल गर्नुपर्ने छ ।
कार्यालयले प्यानमा दर्ता भएर कारोबार रकम बढी भएका करदाताको पनि खोजी गरिरहेको छ । सेवा र वस्तुको हकमा ३० लाख र अन्यको हकमा ५० लाख रुपैयाँ भन्दा बढी कारोबार भएका मूल्य अभिवृद्धि करमा दर्ता हुनुपर्ने प्रावधान छ । खड्काका अनुसार त्यस्ता ५० वटा फार्ममा पत्राचार गरिएको छ । थप दुई सय फार्मको अध्ययन भइरहेको छ । त्यस्ता फार्मको तीन वर्षको कारोबारको अध्ययन गरेर उनीहरूलाई भ्याटमा ल्याइने उहाँले बताउनुभयो ।
कतिपय फार्महरूले वैदेशिक अध्ययनका लागि र कतिपयले बैंक ऋणका लागि समेत वास्तविक आयभन्दा बढी देखाउने गरेका छन् । चुहावट नियन्त्रणकै लागि भरतपुर महानगरपालिकाभित्रका १८ वटा करदाताको छनोट गरी मौज्दात परीक्षण काम भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘विवरण हेर्दा आशङ्का देखिएकाको अध्ययन भइरहेको छ ।’
जिल्लास्तरीय राजस्व चुहावट नियन्त्रण समितिमार्फत अवैध मदिरा, नक्कली अन्तःशुल्क स्टिकर, अवैधरूपमा भित्रिएका सूर्तीजन्य पदार्थको अनुगमनलाई कडाइ गरिएको छ । कार्यालयले अग्रिम करकट्टी नबुझाउने मुख्यरूपमा अस्पताल, विद्यालय, शैक्षिक परामर्शदातालगायत १५ वटा फार्मको छनोट गरी अध्ययन गरिरहेको छ । कार्यालयले पुस मसान्तसम्ममा १० अर्ब ६३ करोड रुपैयाराजस्व असुली गरेको छ । यो पुस मसान्तसम्मको लक्ष्य १२ अर्ब दुई अर्ब रुपैयाँको ८६ दशमलव ६२ प्रतिशत हुन आउँछ ।
चालु आर्थिक वर्षका लागि विभागले कार्यालयलाई २६ अर्ब ३६ करोड रुपैयाँको लक्ष्य दिएको छ । खड्काले भन्नुभयो– ‘सबैको साथ र सहयोग भएमा यो वर्ष हामी लक्ष्यमा पुग्न सक्छौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश