
काठमाडौँ। सर्वोच्च अदालत बार एशोसिएसनले यही माघ २ गते वरिष्ठ अधिवक्ता डा दिनेश त्रिपाठीमाथि भएको भौतिक आक्रमण, गाली–गलौज तथा धम्कीपूर्ण कार्यप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
एशोसिएसनका सचिव रमणकुमार कर्णले आज जारी गरेको प्रेस विज्ञप्तिमा काठमाडौँ जिल्ला अदालतमा चलिरहेको सङ्गठित अपराध र ठगी मुद्दामा थुनछेक बहस गरी अदालतबाट बाहिर निस्किने क्रममा जाहेरवालाका तर्फबाट बहस गरेकै आधारमा बहस पैरवीका बुँदाहरूलाई लिएर अराजक समूहबाट यस बार एशोसिएसनका सदस्य वरिष्ठ अधिवक्ता डा त्रिपाठीमाथि व्यवहारप्रति ध्यानाकर्षण भएको जनाएको हो ।
“कानुन व्यवसायीमार्फत आफ्नो प्रतिरक्षा गर्न पाउने हक नेपालको संविधानले प्रत्याभूत गरेको मौलिक हक हो । कानुन व्यवसायीमाथि हुने हातपात कुटपिट तथा कुनै पनि प्रकारको भौतिक तथा मानसिक आक्रमण कानुन व्यवसायीउपर मात्र नभई स्वतन्त्र न्यायपालिका र समग्रमा संविधान माथिकै सुनियोजित आक्रमण हो भन्ने बार एशोसिएसनको ठम्याइ रहेको छ”, विज्ञप्तिमा भनिएको छ ।
बार एशोसिएसनले यस घटनाका प्रत्यक्षदर्शीहरू, खिचिएका भिडियोहरू र सम्बद्ध प्रमाणसमेतलाई अनुसन्धानका आधार बनाई निष्पक्ष र स्वतन्त्र अनुसन्धान गरी दोषीमाथि अविलम्ब कानुनबमोजिम कारबाही गर्न र भविष्यमा यस्तो घटना नदोहोरियोस् भनी त्यसतर्फ आवश्यक प्रबन्ध गर्न गराउन गृहमन्त्रालयलगायत सम्बद्ध निकायसमक्ष माग गरेको छ ।
बारले यस्ता घटनाले स्वतन्त्र न्यायपालिकाको न्यायसम्पादन कार्यलाई अवरूद्ध गर्ने हुँदा यस्ता कार्य अदालतको अपहेलनाजन्य कार्यसमेत भएकाले यसप्रति सबैपक्ष संवेदनशील हुन आवश्यक रहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश