
काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अदालतमा दुर्व्यवहार गर्नेविरुद्ध जाहेरी दिनुभएको छ ।
स्वर्णलक्ष्मी सहकारीको बचत हिनामिना प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस सकेर निस्किँदा काठमाडौँ जिल्ला अदालतबाट बाहिर निस्कने क्रममा अधिवक्ता त्रिपाठीमाथि बुधबार दुर्व्र्यवहार भएको थियो ।
अधिवक्ता त्रिपाठीले अदालत परिसरमा दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका व्यक्तिविरुद्धप्रहरी कहाँ किटानी जाहेरी दिनुभएको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार, त्रिपाठीले प्रहरीमा दिएको ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव सम्बन्धी कसुरको जाहेरी दर्ता भएको छ । घटना लगत्तै प्रहरीले त्रिपाठीलाई दुर्व्यवहार गरेको आरोपमा ललित केसीलाई पक्राउ गरिसकेको छ ।
अधिवक्ता त्रिपाठीको जाहेरीका आधारमा पक्राउ परेका केसीलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश